२०८२ भाद्र ५ गते बिहिवार
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रदेश तथा स्थानीय तहबाट नियुक्त हुने शिक्षकको लागि मापदण्ड तयार गरी समान सेवा, सर्त र सुविधामा नियुक्तिको व्यवस्था गर्ने भएको छ ।
यही फागुन ९ गते सोमबार नेपाल शिक्षक महासंघको मागलाई सम्बोधन गर्दै मन्त्रालयले सो व्यवस्था गर्न लागेको हो ।
शिक्षक महासंघले हचुवाको भरमा फरक सेवा, सुविधा, सर्तका शिक्षक पद सिर्जना गर्ने काम रोकी देशभर एकै प्रकारका सेवा र सर्त भएका शिक्षकको प्रबन्ध गर्न माग गरेको थियो ।
फरक–फरक सेवा, सर्त र सुविधाका शिक्षक पदलाई क्रमशः दरबन्दीमा रूपान्तरणको लागि पहल गरिने र फरक सेवा, सर्त र सुविधा भएका नयाँ खालका शिक्षकको व्यस्थालाई निरुत्साहित गर्ने पनि मन्त्रालयकाे तयारी छ । (वेबटिभी खबर)
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij