Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

महान्यायाधिवक्त्ता भई सकेका न्यायाधिश पछि प्रधानन्यायाधिशले किन रोजे एमालेको सांसद भएकी न्यायाधिश ?

महान्यायाधिवक्त्ता भई सकेका न्यायाधिश पछि प्रधानन्यायाधिशले किन रोजे एमालेको सांसद भएकी न्यायाधिश ?


  • 7.8K
    Shares

    महान्यायाधिवक्त्ता भई सकेका न्यायाधिश पछि प्रधानन्यायाधिशले किन रोजे एमालेको सांसद भएकी न्यायाधिश ?

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनमाथि परेको मुद्दाको सुनुवाईबाट न्यायाधीश हरिकृष्ण कार्की अलग भएपछि रिक्त स्थानमा न्यायाधीश सपना प्रधान मल्ल रहने भएकी छिन्। प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरासहितको संवैधानिक इजलाशमा आजबाट मुद्दाको सुनुवाई हुँदैछ। 

    पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेपछि उक्त कदम असंवैधानिक भन्दै परेको दर्जन रिटमाथि अदालतमा सुनुवाई हुँदैछ।

    न्यायाधीश कार्कीमाथि निवेदकहरुले प्रश्न उठाउँदै कन्फ्लिक्ट अफ इन्ट्रेस्ट हुने दावी गरेपछि उनले मुद्दाबाट आफू अलग रहने निर्णय गरेका थिए। पुस २२ गते कार्कीले मुद्दा हेर्ने कि नहेर्ने भन्नेमा बहस भएको थियो। उनले मुद्दाबाट आफूलाई अलग्याएपछि आजका लागि सुनुवाईको मिति तय भएको थियो।

    आज सुनुवाईमा संलग्न न्यायाधीश सपना प्रधान मल्ल तत्कालीन नेकपा एमालेबाट संविधानसभा सदस्य थिइन्। महिला अधिकारको क्षेत्रमा लामो समयदेखि उनको संलग्नता रहँदै आएको छ।

    मल्ल पहोलो संबिधान सभामा तत्कालिन नेकपा एमाले बाट समानुपातिक साम्सद थिईन। न्यायाधिश कार्की पहिलो पटक प्रधानमन्त्री हुँदा महान्यायाधिबक्ता थिए ।  इजलाशका अन्य न्यायाधीशहरु भने यथावत रहेका छन्।

    प्रकाशित मिति :पौष २९ २०७७ बुधवार - ११:०६:५४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij