Logo

२०८२ माघ ७ गते बुधवार

२०८२ माघ ७ गते बुधवार

'धाउन नमिल्ने'को साथमा आए नग्मा र सुभम  ( भिडियो )

'धाउन नमिल्ने'को साथमा आए नग्मा र सुभम  ( भिडियो )


  • 5.3K
    Shares

    'धाउन नमिल्ने'को साथमा आए नग्मा र सुभम  ( भिडियो )
    काठमाडौं ।  लोकप्रिय गायिका मेलिना राई र गायक सुभम चाम्लिङ राईको युगल गायनमा समावेश 'धाउन नमिल्ने' बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।  

    युवा प्रेम र आकर्षणलाई प्रस्तुत गरिएको यस गीतमा गायक/ गीतकार डि.पी खनालको शब्द, संगीतमा समावेश छ।  राजु कार्कीले यस गीतलाई संगीत संयोजन गरेका हुन्।  भिडियोमा स्वयम् गायक सुभम चाम्लिङ राई र नग्मा श्रेष्ठको अभिनय रहेको छ।  

    मनिक राईको कोरियोग्राफी रहेको यस गीतलाई ज्ञानेन्द्र शर्मा हुमागाईले छायाँकन गरेका हुन्।  अनिल रानाको भिडियोमा सम्पादन रहेको छ।  किरण चाम्लिङ राईको निर्देशनमा भिडियो तयार पारिएको हो।  गायिका मेलिना राईको युट्युव च्यानल 'मेलिना राई' मार्फत भिडियो सार्वजनिक भएको हो।  


    प्रकाशित मिति :फाल्गुण २६ २०७८ बिहिवार - १४:०२:०० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij