Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

विमानस्थलमा राखिएको श्रम डेस्क हटाउने निर्णय: सुरक्षामन्त्री कृष्णकुमार

विमानस्थलमा राखिएको श्रम डेस्क हटाउने निर्णय: सुरक्षामन्त्री कृष्णकुमार


  • 2.9K
    Shares

    विमानस्थलमा राखिएको श्रम डेस्क हटाउने निर्णय: सुरक्षामन्त्री कृष्णकुमार
    images

    काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा राखिएको श्रम डेस्क हटाएको छ ।

    श्रम डेस्कमा सहीछाप लगाउने नाममा वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दु:ख दिइएको भन्ने गुनासो आएपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले विमानस्थलमा राखिएको श्रम डेस्क हटाउने निर्णय गरेका हुन् ।

    अनलाइन सूचना प्रणाली (फेमिस) आइसकेको अवस्थामा विमानस्थलमा श्रम डेस्क आवश्यक नभएको मन्त्री श्रेष्ठको भनाइ छ ।

    मन्त्रालयका सहसचिव प्रमुख रहेको वैदेशिक रोजगार कार्यालयबाट श्रम स्वीकृति दिएपछि पनि श्रम डेस्कले श्रम स्वीकृति प्रक्रियामाथि छानबिन गर्ने नाममा श्रमिकलाई दु:ख दिएको गुनासो आएको थियो ।  विमानस्थलमा श्रमिकहरूको समस्या समाधान गर्दै जाने प्रतिबद्धता पनि मन्त्री श्रेष्ठले व्यक्त गरेका छन् ।

    विमानस्थलमा श्रमिकलाई यसअघि छुट्टै प्रवेशद्वारबाट प्रवेश दिने गरिएकोमा अब जुनसुकै प्रवेशद्वारबाट पनि जान पाउने व्यवस्था मिलाइएको छ ।

    प्रकाशित मिति :फाल्गुण २६ २०७८ बिहिवार - १२:०४:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij