Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

संखुवासभामा बस दुर्घटना : घाइतेको उद्धार गर्न हेलिकोप्टर जाँदै

संखुवासभामा बस दुर्घटना : घाइतेको उद्धार गर्न हेलिकोप्टर जाँदै


  • 2.8K
    Shares

    संखुवासभामा बस दुर्घटना : घाइतेको उद्धार गर्न हेलिकोप्टर जाँदै
    images

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाणले संखुवासभामा भएको यात्रुबाहक बस दुर्घटनाका घाइतेलाई उद्धारका लागि हेलिकोप्टर पठाउन निर्देशन दिएका छन् । उनले गृहसचिव टेकनारायण पाण्डे र संखुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडालाई दुर्घटनामा घाइते भएकाहरूको हेलिकोप्टर प्रयोग गरेर यथाशिघ्र उद्धार गर्न निर्देशन दिएका हुन् । 

    ‘मन्त्रीन्यूबाट घाइतेहरूको हेलिकोप्टरबाट उद्धार गर्न निर्देशन भएको छ । हामीले नेपाली सेनासँग सम्पर्क गरेर हेलिकोप्टर उद्धारका लागि संखुवासभाको चैनपुरमा पठाउने तयारी गरिरहेका छौँ,’ गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए । 

    संखुवासभाका प्रमुख जिल्ला अधिकारी खतिवडाका अनुसार  यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ भने पाँच जना गम्भीर घाइते छन् । घाइतेलाई घटनास्थलबाट अहिले चैनपुर पुर्‍याइँदैछ । चैनपुरबाट हेलिकोप्टरमा धरान पुर्‍याउने तयारी भइरहेको प्रजिअ खतिवडाले जानकारी दिए । 

    प्रजिअ खतिवडाका अनुसार यात्रुहरू कति थिए भन्ने एकीन नभएकाले खोजीकार्य जारी रहेको छ।

    प्रकाशित मिति :फाल्गुण २६ २०७८ बिहिवार - ११:०५:१५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij