Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

दुई जना प्रहरी निरीक्षकलाई सेवाबाट हटाउने गृहको चेतावनी

दुई जना प्रहरी निरीक्षकलाई सेवाबाट हटाउने गृहको चेतावनी


  • 3.1K
    Shares

    दुई जना प्रहरी निरीक्षकलाई सेवाबाट हटाउने गृहको चेतावनी
    images

    काठमाडौं । गृह मन्त्रालयले दुई जना प्रहरी निरीक्षकसँग स्पष्टीकरण सोधेको छ । गृह मन्त्रालय, प्रहरी कर्मचारी महाशाखाले प्राविधिक प्रहरी निरीक्षकद्वय डा। विशालजंग ठकुरी र कार्तिकेश झासँग स्पष्टीकरण सोधेको हो ।

    नेपाल प्रहरी अस्पताल  महाराजगन्जमा कार्यरत नुवाकोटका ठकुरी ८ कात्तिकदेखि अस्पतालमा हाजिर नभएको गृहले जनाएको छ । उनलाई सात दिनभित्र स्पष्टीकरण पेश गर्न भनिएको छ ।  

    त्यस्तै, केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा दरबन्दी रहेका झा २२ कात्तिकबाट कार्यालयमा हाजिर छैनन् । उनलाई पनि सात दिनभित्र स्पष्टीकरण दिन भनिएको छ । अन्यथा दुबैलाई ‘भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी सेवाबाट हटाउने’ गृहसचिवस्तरीय निर्णय भएको छ । 
     

    प्रकाशित मिति :फाल्गुण २६ २०७८ बिहिवार - १०:४४:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij