Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

रामकोट सामूहिक आत्महत्या प्रयास: तीनजना अझै भेन्टिलेटरमा, एकको स्वास्थ्य अवस्थामा सुधार

रामकोट सामूहिक आत्महत्या प्रयास: तीनजना अझै भेन्टिलेटरमा, एकको स्वास्थ्य अवस्थामा सुधार


  • 4.8K
    Shares

    रामकोट सामूहिक आत्महत्या प्रयास: तीनजना अझै भेन्टिलेटरमा,  एकको स्वास्थ्य अवस्थामा सुधार
    images

    काठमाडौं। काठमाडौंको रामकोटमा सामूहिक आत्महत्याको प्रयासपछि उपचाररत् ३ जना अझै भेन्टिलेटरमा छन्। उपचाररत् ४ जनामध्ये एकको स्वास्थ्य अवस्थामा सुधार आएको छ। काठमाडौं प्रहरी परिसरका प्रवक्ता दिनेश मैनालीका अनुसार ३५ वर्षीय मन्दिरा प्रधानको स्वास्थ्य स्थितिमा सुधार देखिएको हो।

    रामकोटमा सोमबार बेलुका साढे ९ बजे फ्ल्याट भाडामा लिएर बस्दै आएका एकै परिवारका ५ जना बेहोस अवस्थामा भेटिएका थिए। तीमध्ये ३३ वर्षीय सुवर्णमान प्रधानको उपचारका क्रममा मृत्यु भएको छ।

    ६२ वर्षीय इन्दिरामाया प्रधान, उनका छोरा ३८ वर्षीय भीममान, बुहारी ३५ वर्षीया मन्दिरा र नातिनी ११ वर्षीया सुप्रियाको भेन्टिलेटरमा राखेर उपचार थालिएको थियो।

    प्रकाशित मिति :फाल्गुण २५ २०७८ बुधवार - १६:४९:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij