Logo

२०८२ आश्विन २६ गते आइतवार

२०८२ आश्विन २६ गते आइतवार

एनसेलले ल्यायो ‘अल नेपाल भ्वाइस प्याक’ अफर, यस्ता छन् विशेषता

एनसेलले ल्यायो ‘अल नेपाल भ्वाइस प्याक’ अफर, यस्ता छन् विशेषता


  • 4.3K
    Shares

    एनसेलले ल्यायो ‘अल नेपाल भ्वाइस प्याक’ अफर, यस्ता छन् विशेषता
    images

    एनसेल आजियाटा लिमिटेडले आकर्षक ‘अल नेपाल भ्वाइस प्याक’ अफर सञ्चालनमा ल्याएको छ । यो अफरअन्तर्गत प्रिपेड ग्राहकले अब ५१ पैसा प्रतिमिनेटमा भ्वाइस सेवाको फाइदा लिन सक्छन् । यस अफरमा विभिन्न ६ वटा भ्वाइस प्याकहरू उपलब्ध छन् ।

    सोमबारबाट सञ्चालनमा आएको अफरअन्तर्गत ग्राहकले करसहित १४ देखि ३८५ रुपैयाँसम्म शुल्क पर्ने विभिन्न एक दिन, तीन दिन, सात दिन, १४ दिन वा २८ दिनको समयसीमा भएका प्याक लिन सक्नेछन् । यी भ्वाइस प्याकहरूमार्फत ग्राहकले अब अन्य नेटवर्कमा कल गर्दा बढी शुल्क लाग्ने कुनै दरबिना भ्वाइस सेवा लिन सक्ने कम्पनीले जनाएको छ ।

    एक दिन समयावधि रहेको १४ मिनेट अल नेटवर्क टकटाइम करसहित १४ रुपैयाँमा लिन सक्छन् भने तीन दिन समयसीमा रहेको ६५ टकटाइम ४५ रुपैयाँमा सुचारु गर्न सक्ने जनाइएको छ । त्यसैगरी, ९४ रुपैयाँमा सात दिन समयसीमा रहेको १५० मिनेट टकटाइम खरिद गर्न सकिन्छ ।

    यस्तै, १४ दिनको समयसीमा रहेको २२५ मिनेट १३५ रुपैयाँ, २८ दिन समयसीमा रहेको दुई वटा अन्य प्याकहरू २६५ र ३८५ रुपैयाँ लिन सक्नेछन् । आफ्नो आवश्यकताअनुसार ग्राहकले यी भ्वाइस प्याक लिन सक्दछन् ।

    प्रिपेड ग्राहकले सजिलै एष्ट्रिक्स १७११८ एष्ट्रिक्स ३ ह्यास डायल गरी आवश्यकताअनुसारको भ्वाइस प्याक छनोट गरी सुचारु गर्न सक्ने एनसेलले जनाएको छ ।

    प्रकाशित मिति :फाल्गुण २५ २०७८ बुधवार - १४:१८:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij