Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

विद्यालय व्यवस्थापनबारे शिक्षा मन्त्रालयले यसरी गर्दैछ काम

विद्यालय व्यवस्थापनबारे शिक्षा मन्त्रालयले यसरी गर्दैछ काम


  • 7.5K
    Shares

    विद्यालय व्यवस्थापनबारे शिक्षा मन्त्रालयले यसरी गर्दैछ काम
    images

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय व्यवस्थापन समिति गठनको लागि संघीय शिक्षा ऐनमा आवश्यक मापदण्ड उल्लेख गरी एकरुपता कायम गर्ने भएको छ ।

    यही फागुन ९ गते सोमबार नेपाल शिक्षक महासंघले विद्यालय व्यवस्थापन गठनमा सबै विद्यालयमा एकरुपता कायम गर्ने, उक्त समिति गठन गर्दा अध्यक्ष र बहुमत सदस्य सम्बन्धित विद्यालयका अभिभावकबाट हुने प्रबन्ध गर्ने र वडाबाट निर्वाचिन अध्यक्ष र निजले तोकेको सदस्य पदेन हुने व्यवस्था गर्न शिक्षा मन्त्रालयसँग माग गरेको थियो । महासंघको उक्त मागको विषयमा मन्त्रालयले शिक्षा ऐनमार्फत समाधान गर्ने जनाएको हो ।

     त्यस्तै सम्झौताको बुँदा नं. ३ को (घ) मा उल्लेख भए बमोजिम सामुदायिक विद्यालयको विद्यालय व्यवस्थापन समितिमा अभिभावकले आफूहरू मध्येबाट छनोट गर्ने र शिक्षक तथा कर्मचारीबाट एक एक जना सदस्य रहने र प्रधानाध्यापक पदेन सदस्य सचिव रहनेगरी पहल गर्ने शिक्षा मन्त्रालयले जनाएको छ । 

    हाल स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा विद्यालय व्यवस्थापन समितिको गठन गर्ने अधिकार स्थानीय तहलाई प्रदान गरेको साथै मौजुदा शिक्षा ऐन तथा नियमावलीमा विद्यालय व्यवस्थापन समितिमा रहने पदाधिकारी तथा गठन प्रक्रिया समेत उल्लेख भएकाले वि.व्य.स. गठन स्थानीय तह अनुसार आफ्नौ तरिकाले हुँदै आएको छ । (वेबटिभी खबर)

    प्रकाशित मिति :फाल्गुण २५ २०७८ बुधवार - १३:३५:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij