Logo

२०८२ भाद्र २४ गते मंगलवार

२०८२ भाद्र २४ गते मंगलवार

आगामी दशैंमा ‘परदेशी-२’ रिलिज हुने

आगामी दशैंमा ‘परदेशी-२’ रिलिज हुने


  • 3.5K
    Shares

    आगामी दशैंमा ‘परदेशी-२’ रिलिज हुने
    images

    ‘परदेशी २' आगामी दशैंमा प्रदर्शन हुने पक्का भएको छ। बुधबार फिल्मको फष्टलुक पोष्टर सार्वजनिक गर्दै दशैंमा फिल्म प्रदर्शन गर्ने घोषणा गरिएको हो।

    सार्वजनिक पोष्टरमा फिल्ममा मुख्य भूमिकामा रहेका प्रकाश सपूत, दीलिप रायमाझी, प्रशान्त तामाङ, केकी अधिकारी र वर्षा शिवाकोटीलाई देख्न सकिन्छ।

    नारायण ईन्टरनेशनल प्रा.लिको ब्यानरमा बनेको फिल्ममा राजेश वंशल र नारायण रायमाझी निर्माता रहेका छन्। ‘परदेशीले चाडपर्वमा आफ्नो गाउँ, परिवारलाई अझ बढी सम्झन्छन। र, यो फिल्म परदेशीकै कथा-व्यथा भएकाले प्रदर्शनका लागि दशैंलाई रोज्नुपरेको हो,’ निर्माता राजेश वंशलले बताए।

    फिल्मको कथा रमेश बि.जीले लेखेका हुन्। नारायण ईन्टरनेशनल प्रा.लिको ब्यानरमा यसअघि फिल्म ‘गोर्खापल्टन’ र ‘परदेशी’ बनेको थियो। अघिल्ला फिल्महरूका रहेका कमीकमजोरीलाई यस फिल्ममा केलाउने कोसिस गरेको फिल्मका निर्देशक नारायण रायमाझीले बताए।

    ‘विगतका दुई चलचित्रहरुको दाँजोमा ‘परदेशी –२’ अझ राम्रो, नेपाली दर्शकले आत्मसाथ गर्ने चलचित्र बनेको छ’ उनले भने।

    प्रकाशित मिति :फाल्गुण २५ २०७८ बुधवार - १३:०२:०९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij