२०८२ मंसिर ६ गते शनिवार
काठमाडौं । दाङको लमही नगरपालिका–३, बनगाउँमा कार र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
दाङकै राप्ती गाउँपालिका–१, भालुवाङका २५ वर्षीय नरेन्द्र जिसीको मृत्यु भएको हो । गम्भीर घाइते भएका उनको उपचारका क्रममा लमहीस्थित लमही अस्पतालमा मृत्यु भएको जनाइएको छ ।
गए राति करिब ९ बजे भालुवाङबाट लमहीतर्फ जाँदै गरेको बा१०च २५८१ नम्बरको कारले विपरीत दिशाबाट आउँदै गरेको रा६प ६८४९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
कार चालक फरार भएकोले खोजी भइरहेको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij