२०८२ मंसिर ६ गते शनिवार
काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १९४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर ६ हजार ३९४ नमुनाको एन्टिजेन र पीसीआर विधिबाट परीक्षण हुँदा सो संख्यामा कोरोना संक्रमित थपिएका हुन् ।
कोरोना संक्रमणबाट १ जना मृत्यु भएको छ । हालसम्म ११ हजार ९४९ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
आज ३४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । देशभर हाल ५ हजार ८७५ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij