Logo

२०८२ भाद्र १ गते आइतवार

२०८२ भाद्र १ गते आइतवार

कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू हुने, सर्वोच्चले खारेज गर्‍यो रिट

कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू हुने, सर्वोच्चले खारेज गर्‍यो रिट


  • 8.7K
    Shares

    कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम लागू हुने, सर्वोच्चले खारेज गर्‍यो रिट

    काठमाडौँ । विद्यालय शिक्षाको राष्ट्रिय प्रारुप, २०७६ कार्यान्वयन नगर्न सर्वोच्चमा परेको रिट खारेज भएको छ ।

    न्यायाधीशद्वय तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलाशले रिट खारेज गर्ने आदेश जारी गरेको हो । रिट खारेज भएसँगै कक्षा एक र ११ मा नयाँ पाठ्यक्रमअनुसार पढाई सञ्चालन गर्ने बाटो खुलेको छ ।

    पाठ्यक्रम विकास केन्द्रले नयाँ पाठ्यक्रमअनुसारको पढाई सञ्चालन गर्न मातहतका सबै निकायहरुमा परिपत्र गरेको भएपनि गत असोज ३० गते नयाँ पाठ्यक्रम कार्यान्वयन नगर्न माग गर्दै भगवता अर्यालसहितले सर्वोच्चमा रिट दायर गरेका थिए ।

    विद्यालय तहको पाठ्यक्रम बनाउने विषय स्थानीय तहको भएको भन्दै परेको रिट सर्वोच्चले खारेज गरेसँगै अब नयाँ पाठ्यक्रम नै लागू हुने भएको हो ।

    यसअघि अधिकांश विद्यालयले नयाँ पाठ्यक्रमअनुसार पढाई सञ्चालन गरेपनि केही विद्यालयहरुले भने पुरानै पाठ्यक्रमअनुसार पढाई सञ्चालन गरिरहेका थिए ।

    न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले कक्षा ११ र १२ को नयाँ पाठ्यक्रम तत्कालका लागि लागू नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो।

    सर्वोच्चले नयाँ पाठ्यक्रम लागू नगर्न आदेश दिँदा हाल कक्षा ११ लाई कुन पाठ्यक्रम पठनपाठन गराउने भन्ने अन्यौल अन्त्य भएको छ। अब नयाँ पाठ्यक्रमअनुसार नै पठनपाठन हुने भएको छ। 

     

    प्रकाशित मिति :पौष २८ २०७७ मंगलवार - १६:३७:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij