Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

जापानले रुसमाथि लगायो तेस्रो चरणको नाकाबन्दी

जापानले रुसमाथि लगायो तेस्रो चरणको नाकाबन्दी


  • 3.2K
    Shares

    जापानले रुसमाथि लगायो तेस्रो चरणको नाकाबन्दी
    images

    काठमाडौं । युक्रेनको नाजुक परिस्थितिलाई ध्यानमा राखेर जापानले रुस र बेलारुसविरुद्ध तेस्रो चरणको नाकाबन्दी घोषणा गरेको छ । 

    मंगलबार जापनको अर्थ मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै रुस र बेलारसमाथि तेस्रो चरणको नाकाबन्दी घोषणा गरेको जानकारी गराएको हो । 

    जापानले लगाएको तेस्रो चरणको नाकाबन्दीसँगै रुसी राष्ट्रपति भ्लादिमिर पुुटिनका संयुक्त सेनाका उपप्रमुख, संसद्का उपप्रमुख, चेचेन गणतन्त्रका प्रमुख तथा रुस सरकावरनिकट सम्बन्ध रहेका भोल्गा ग्रुप, ट्रान्सनेफ्ट र वाग्नर कम्पनीका कार्यकारिणी अधिकृतलगायत बीस रुसीमाथि व्यक्तिगत नाकाबन्दी लगाइएको छ । त्यसैगरी, थप दुई रुसी र बाह्र बेलारुसी संघ संस्था र दुई बेलारुसी नागरिकमाथि पनि नाकाबन्दी लगाइएको छ । 

    जापानी विदेश मन्त्रालयका अनुसार जापानले रुसतर्फ निर्यात हुने तेल प्रशोधन कार्यमा प्रयोग हुने उपकरण तथा सेनाको प्रयोजनका लागि बेलारुसतर्फ जाने सम्पूर्ण सामान्य सामग्रीमाथि पनि प्रतिबन्ध लगाइएको छ । बीबीसीबाट ।

    प्रकाशित मिति :फाल्गुण २४ २०७८ मंगलवार - १५:२४:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij