Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

मधेस प्रदेश सरकारले खरिद गरेका बस नचलाउने, विभिन्न संस्थान र सङ्घसंस्थालाई दिने निर्णय

मधेस प्रदेश सरकारले खरिद गरेका बस नचलाउने, विभिन्न संस्थान र सङ्घसंस्थालाई दिने निर्णय


  • 3.3K
    Shares

    मधेस प्रदेश सरकारले खरिद गरेका बस नचलाउने, विभिन्न संस्थान र सङ्घसंस्थालाई दिने निर्णय
    images

    काठमाडौँ । मधेस प्रदेश सरकारले खरिद गरेका बस नचलाउने भएको छ । वीरगञ्ज–सप्तरी चलाउन खरिद गरेका पाँच वटा बस मधेस प्रदेश मन्त्रिपरिषद् बैठकले नचलाउने निर्णय गरेको हो ।

    ती बस विभिन्न संस्थानलाई दिने निर्णय गरिएको मधेस प्रदेश सरकारका प्रवक्ता एवम् अर्थमन्त्री शैलेन्द्र साहले जानकारी दिए। मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दुई वटा, कृषि विश्वविद्यालय, कृषि तालिम केन्द्र धनुषा र प्रदेश प्रशिक्षण केन्द्रलाई एक–एक वटा बस दिने निर्णय भएको छ ।

    मधेस प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षमा प्रदेश परिवहन स्थापना गर्ने लक्ष्यका साथ बस खरिद गरेर ल्याएको थियो । तत्कालीन मन्त्री जितेन्द्र सोनलले २०७७ सालको धनतेरसका दिन ३ करोड ९ लाख ८२ हजार रुपैयाँमा ५ वटा बस खरिद गरी ल्याएका थिए । ती बस जनकपुर चुरोट कारखानामा राखिएको थियो ।

    खरिद गरेका बसलाई जनकपुरधाम–वीरगञ्ज, जनकपुरधाम–राजविराज रुटमा सञ्चालन गर्ने योजना थियो । तर बस चलाउँदा खर्च धेरै हुने भएकाले विभिन्न सङ्घ संस्थालाई दिने निर्णय गरिएको मन्त्री साहले बताए।

    मन्त्रिपरिषद्को बैठकले लहानमा रहेको यातायात व्यवस्था कार्यालयको सेवालाई विस्तार गरेर राजविराजमा समेत खोल्ने निर्णय गरेको छ । त्यसैगरी युवा स्वरोजगार उद्योग कार्यक्रमको कार्यविधिलाई स्वीकृत गरेको छ ।

    प्रकाशित मिति :फाल्गुण २४ २०७८ मंगलवार - १३:२९:४२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij