Logo

२०८२ भाद्र २ गते सोमवार

२०८२ भाद्र २ गते सोमवार

नेपालभर थप ४३० जनामा कोरोना संक्रमण पुष्टि, ५ जना संक्रमितको मृत्यु

नेपालभर थप ४३० जनामा कोरोना संक्रमण पुष्टि, ५ जना संक्रमितको मृत्यु


  • 7.6K
    Shares

    नेपालभर थप ४३० जनामा कोरोना संक्रमण पुष्टि, ५ जना संक्रमितको मृत्यु

    काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ४३० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म नेपालमा २ लाख ६५ हजार ६९८ संक्रमितको संख्या पुगेको छ ।

    त्यसैगरी २४ घण्टामा ३९० जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । योसँगै निको हुनेको संख्या २ लाख ५९ हजार ३५८ पुगेको छ । देशभरी सक्रिय संक्रमितको संख्या भने ४ हजार ४०८ छ ।

    मन्त्रालयका अनुसार हालसम्म पीसीआर विधिबाट १९ लाख ९२ हजार ८५५ परीक्षणहरु गरिएका छन् । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या २३७ रहेको छ ।

    कोरोना संक्रमणबाट २४ घण्टामा ५ को मृत्यु भएको छ । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९३२ जना रहेको छ ।

    प्रकाशित मिति :पौष २८ २०७७ मंगलवार - १६:१६:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij