२०८२ मंसिर ६ गते शनिवार
चीन । चीनमा पुनः कोरोना संक्रमण फैलिएको छ । चीनका संचारमाध्यमका अनुसार वुहानको प्रकोपपछि पहिलो पटक सबैभन्दा धेरै संक्रमित थपिएको जनाएको छ ।
चीनमा ५२६ जनामा संक्रमण पुष्टि भएको छ जुन पछिल्लो दुई वर्षकै सर्वाधिक हो । संक्रमितमध्ये २१४ जनामा लक्षण देखिएको थियो भने बाँकी ३१२ जनामा कुनै लक्षण थिएन । संक्रमितको संख्या चीनको शून्य नितीकालागि ठुलो झट्का भएको बताइएको छ ।
संचारमाध्यमका अनुसार चीनको किंगडाओ शहरमा ८८ जनामा ओमिक्रोन संक्रमित भेटिएका छन् । ओमिक्रोन पुष्टि भएका सबै विद्यार्थी हुन् । चीनमा पुष्टि भएको यो संक्रमितको संख्या एक वर्षकै उच्च हो ।
विश्वभरमा कोरोना संक्रमितको कुल संख्या ४४ करोड ६७ लाखमाथि रहेको छ । यसैगरी संक्रमणका कारण निधन हुने कुल ६० लाख २० हजार भन्दा धेरै छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij