Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

ओलीले जनयुद्धलाई कुहिएको फर्सी भन्दा मन पोलेन भन्दै बादललाई प्रचण्डले हाने यस्तो छेड 

ओलीले जनयुद्धलाई कुहिएको फर्सी भन्दा मन पोलेन भन्दै बादललाई प्रचण्डले हाने यस्तो छेड 


  • 7.3K
    Shares

    ओलीले जनयुद्धलाई कुहिएको फर्सी भन्दा मन पोलेन भन्दै बादललाई प्रचण्डले हाने यस्तो छेड 

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड–माधव पक्ष)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धलाई प्रधानमन्त्री ओलीले कुहिएको फर्सी थियो भन्ने कुराले आफूलाई हाँसो लोगेको बताएका छन् । "जनयुद्धमा लागेका साथीहरु जो उता जानुभएको छ । मलाई लाज लाग्यो । उहाँहरुले जनयुद्धलाई कुहिएको फर्सी भनेको कसरी सुन्न सकेको ?’’ प्रचण्डले भने ।

    मंगलबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले त्यस्तो कुरा कसरी सुन्न सकेको भनेर आफ्ना पूर्व सहकर्मीहरुप्रति प्रश्न गरेका छन्।

    उनको भनाइ थियो, ‘पूर्वमाओवादी साथीहरु, जो केपी गुटमा जानु भएको छ, उहाँहरुले कसरी सुन्न सक्नु भयो कि जनयुद्ध कुहिएको फर्सी थियो भनेको रु’

    जनयुद्ध ठीक थियो भनेर गरेको हस्ताक्षर कीर्ते थियो रु भनेर उनले ओलीप्रति पनि प्रश्न खडा गरेका छन्। ‘के जनयुद्ध कुहिएको फर्सी थियो भने कमरेड केपीले जनयुद्ध ठीक भनेर गरेको हस्ताक्षर कीर्ते थियो त रु,’ उनको प्रश्न थियो।

    प्रचण्डले मदन भण्डारीको लाइन छोड्ने माधव नेपाल नभइ ओली नै भएको दावी गरे। ‘प्रधानमन्त्री पदका लागि मात्रै समाजवादउन्मुख रहेछ, जबज प्राप्त गर्नका लागि होइन रै’छ,’ प्रचण्डको भनाइ छ, ‘एउटा प्रधानमन्त्री पद पाउनका लागि मात्रै यो सब गर्नु भएको रहेछ।’

    प्रकाशित मिति :पौष २८ २०७७ मंगलवार - १६:०८:०३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij