Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

मोटरसाइकलको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु, दुईजना घाइते

मोटरसाइकलको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु, दुईजना घाइते


  • 2.5K
    Shares

    मोटरसाइकलको ठक्करबाट प्रहरी हवल्दारको मृत्यु,  दुईजना घाइते
    images

    राँझा । नेपालगन्जको राँझा चोकमा मोटरसाइकलले ठक्कर दिँदा ट्राफिक जाँचमा खटिएका प्रहरी हवल्दारको मृत्यु भएको छ । दुर्घटनामा दुईजना घाइते भएका छन् ।

    नेपालगन्जबाट कोहलपुरतर्फ जाँदै गरेको भे१०प ४७५७ नम्बरको मोटरसाइकलले गए राति नेपालगन्ज उपमहानगरपालिका–२०, राँझा चोकमा ड्युटीमा खटिएका प्रहरी हवल्दार भूपेन्द्रबहादुर शाही र प्रहरीजवान नरेशकुमार चौधरीलाई ठक्कर दिएको थियो ।

    मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका अस्थायी प्रहरी पोस्ट राँझा बिटमा कार्यरत शाहीको शिक्षण अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले जानकारी दिए ।

    उनका अनुसार बर्दियाको बाँसगढी नगरपालिका–६ निवासी शाहीको उपचारका क्रममा गए राति मृत्यु भएको थियो । प्रहरीजवान चौधरी र मोटरसाइकल चालकको अवस्था सामान्य रहेको छ ।

    मोटरसाइकल चालक बर्दियाको गेरुवा गाउँपालिका निवासी २४ वर्षीय सन्तोष बम ठकुरीलाई जिल्ला प्रहरी कार्यालयमा बुझाइएको प्रहरी निरीक्षक शाहले बताए । 

    प्रकाशित मिति :फाल्गुण २४ २०७८ मंगलवार - १०:४०:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij