२०८२ मंसिर ६ गते शनिवार
सिरिया । सिरियामा विद्युतीय धरापमा पारेर १३ जना सैनिकको हत्या गरिएको बताइएको छ ।
सिरियाली सैनिक सबार बस यहाँको मध्य प्रान्तीय प्रदेश होम्स सहरमा विद्युतीय धरापमा पारिएको थियो ।
बस विद्युतीय धरापमा परेपछि त्यस बसमा रहेका १३ जना सैनिकको घटनास्थलमै ज्यान गएको बताइएको छ । त्यस दुर्घटनामा परेर अरू कम्तीमा पनि १८ जना सैनिक घाइते भएका छन् ।
घाइतेको अवस्था निकै गम्भीर रहेको पनि बताइएको छ । सो हमला कसले र किन गरेको हो भन्ने बारेमा केही खुलेको छैन ।
प्रहरीले यस विषयमा अनुसन्धान थालिएको जनाएको छ । पछिल्लो समयमा यहाँ सुरक्षाकर्मीमाथि नै आतंककारीहरूले हमला गर्ने क्रम नरोकिएको बताइएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij