२०८२ मंसिर ६ गते शनिवार
काठमाडौँ । चिकित्सा शिक्षा आयोगले विराटनगरको नोबेल मेडिकल कलेजलाई कारबाही गर्ने भएको छ । सोमबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीले नोबेल मेडिकल कलेजमाथि कारबाही हुने बताउनु भएको हो ।
नोबेल मेडिकल कलेजले विद्यार्थीबाट बढी पैसा लिएको पुष्टि भइसकेकाले अब कारबाहीका लागि अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
होस्टेलको बहानामा बढी पैसा लिएको पाइएको र पटकपटक ध्यानाकर्षण गराए पनि नटेरेको उहाँको भनाइ छ । छात्रावासमा नबसेकै कारण विद्यार्थीहरुलाई कलेजले पठनपाठनबाट वञ्चित गराउन नमिल्ने गिरीले बताउनु भयो ।
समितिको बैठकमा सांसदहरुले अन्य कलेजमा स्थानान्तरणको माग गर्ने विद्यार्थीलाई नोबेलमै पढ्ने व्यवस्था मिलाउन निर्देशन दिएका थिए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij