Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

काठमाडौं उपत्यकामा २९ जना कोभिड संक्रमित थपिए

काठमाडौं उपत्यकामा २९ जना कोभिड संक्रमित थपिए


  • 3.2K
    Shares

    काठमाडौं उपत्यकामा २९ जना कोभिड संक्रमित थपिए
    images

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २९ जना कोभिड संक्रमित थपिएका छन् ।

    काठमाडौंमा २२, भक्तपुरमा १ र ललितपुरमा ६ जना संक्रमित थपिएका हुन् । योसँगै काठमाडौं उपत्यकामा सक्रिय संक्रमितको संख्या १ हजार ११९ पुगेको छ ।

    सक्रिय संक्रमितको संख्या ५०० भन्दा कम भएसँगै काठमाडौं र भक्तपुर जिल्ला संक्रमणको जोखिमका हिसाबले 'रेड जोन'बाट हटेका छन् ।

    काठमाडौंमा  सक्रिय संक्रमितको संख्या ४७९ रहेको छ भने भक्तपुरमा यो संख्या ५५ रहेको छ । आज देशभर ६ हजार ३० जना होम आइसोलेसनमा, १२० जना संस्थागत आइसोलेसनमा, ४४ जना आईसीयूमा र ७ भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
     

    प्रकाशित मिति :फाल्गुण २३ २०७८ सोमवार - १६:३१:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij