२०८२ मंसिर ६ गते शनिवार
काठमाडौं । पछिल्लो २४ घण्टामा थप ८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार १४५ पीसीआर परीक्षणमा ६६ जना र दुई हजार ४९३ एन्टिजेन परीक्षणमा २२ जना गरी ८८ जनामा संक्रमण पुष्टि भएको हो ।
कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा १ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ३७६ रहेको छ । हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ६ हजार १५० रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij