Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

जागिरको लोभ देखाएर ५ सयदेखि ५ हजारसम्म असुली, ९ वटा ‘जब सेन्टर’ का सञ्चालक पक्राउ

जागिरको लोभ देखाएर ५ सयदेखि ५ हजारसम्म असुली, ९ वटा ‘जब सेन्टर’ का सञ्चालक पक्राउ


  • 2.7K
    Shares

    जागिरको लोभ देखाएर ५ सयदेखि ५ हजारसम्म असुली, ९ वटा ‘जब सेन्टर’ का सञ्चालक पक्राउ
    images

    काठमाडौं । जागिर दिने बहानामा फाराम भराउँदै पैसा असुल्ने विभिन्न ९ वटा जब सेन्टरका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
    महानगरीय अपराध महाशाखाको टोलीले आइतबार ती जब सेन्टरहरूमा एकसाथ छापा मारेको थियो ।

    अनुसन्धानमा खटिएका प्रहरी अधिकृतका अनुसार ती जब सेन्टरहरूले जागिर लगाइदिने भन्दै फाराम भराउने, केही दिनको ट्रेनिङसमेत दिने तर त्यसपछि वास्तै नगर्ने गरेको पाइएको छ ।

    ‘जाहेरी आउनेक्रम जारी रहेकाले हामी भरेसम्म जब सेन्टरका नाम र सञ्चालकहरूको नाम उपलब्ध गराउछौँ’, महाशाखा प्रवक्ता कृष्ण कोइरालाले भने ।

    जागिर चाहिएमा सम्पर्क गर्नू भन्दै विज्ञापन गर्ने र विभिन्न बहानामा पैसा असुलेर बेवास्ता गर्ने गरेको अनुसन्धान अधिकारी बताउँछन् । कोटेश्वर, बानेश्वरलगायत ठाउँमा खुलेका जब सेन्टरहरूमा प्रहरीले छापा मारेको थियो ।

    ‘गाउँबाट आएका सोझा साझालाई जागिर दिने बहानामा ठगी गरेको पाइयो’, ती अनुसन्धान अधिकृतले भने । ती प्रहरी अधिकारीका अनुसार प्रतिव्यक्ति ५ सयदेखि ५ हजार रूपैयाँसम्म ठगिएको पाइएको छ।

    उनले एउटा जब सेन्टरले त्यसरी काम गरेर मासिक १०/१५ लाख रूपैयाँ कमाउने गरेको बताए ।

    प्रकाशित मिति :फाल्गुण २३ २०७८ सोमवार - १३:०१:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij