Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

नारी दिवसको दिन एभरेष्ट अस्पतालले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

नारी दिवसको दिन एभरेष्ट अस्पतालले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने


  • 2.5K
    Shares

    नारी दिवसको दिन एभरेष्ट अस्पतालले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने
    images

    काठमाडौं । नयाँ बानेश्वरस्थित एभरेष्ट अस्पताल प्रालीले यहि फागुन २४ गते नारि दिवसको दिन निशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । यसदिन अस्पतालले विशेषगरि स्त्री रोगसंग संम्बन्धित निशुल्क स्वास्थ्य शिविर सञ्चालनमा ल्याउने भएको हो ।

    बरिष्ठ स्त्री रोग तथा निशन्तान विशेषज्ञ डा. जोत्सना शर्मा तथा ल्याप्रोस्कोपी सर्जन तथा निशन्तान विशेषज्ञ डा. राजन शाह र बेस्ट अनकोसर्जन डा. विकास शाहले स्तर क्यानसरको निशुल्क ओपिडी सञ्चालन गर्ने भएका छन् ।

    यस सेवा २४ गते विहान १० बजे देखि साँझ ७ बजे सम्म सञ्चालन हुनेछ । स्त्री रोग तथा निशन्तान सम्बन्धी निशुल्क स्वास्थ्य परिक्षण र स्तन क्यान्सर सम्बन्धी सम्पूर्ण रोगको परामर्श जाचँ एवम् उपचार गरिनेछ ।

    नेपाली समाजमा दिन प्रति दिन बाजोपन तथा स्त्री रोगको समस्या तथा स्तन क्यानसरको समस्या दिन प्रति दिन बढ्दो देखिएकोले एकदिने स्वास्थ्य शिविर सञ्चालन गर्न लागिएको अस्पतालका प्रशासकीय प्रमुख दिपक चन्द्र बरालले बताए ।

    उनका अनुसार शिविरमा निशुल्क स्वास्थ्य परिक्षण र परामर्श साथै प्याप स्मेर जाँच गर्दा कुनै शुल्क नलाग्ने र अल्ट्रासउन्डमा ५० प्रतिशत र ल्याब टेस्टमा ३० प्रतिशत र अन्य अस्पतालले दिने सेवा समेत ३० प्रतिशत छुट दिने अस्पतालले जनाएको छ ।

    पाठेघरमा मासु पलाएको निकाल्ने शल्यक्रिया, बिरामीको पाठेघर निकाल्ने शल्यक्रिया, अण्डामा शिष्ट पलाएको, पाठेघर निकाल्ने शल्याक्रिया, लगायत स्त्री रोग सम्बन्धी कुनै पनि समस्या भएका र उहाँहरुको ल्याप्रोस्कोपी सर्जरीबाट बाटै अप्रेशन गर्नु नै पर्ने अवस्था आएमा पनि यस शिविरको दिन ३० प्रतिशत छुटको व्यावस्था ल्याएका अस्पतालले जनाएको छ ।

    प्रकाशित मिति :फाल्गुण २३ २०७८ सोमवार - १२:२७:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij