२०८२ भाद्र ५ गते बिहिवार
काठमाडौँ । संसद् विघटन संगै प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वैशाख १७ र २७ गतेका लागि निर्वाचन घोषणा गरिसकेका छन् । तर निर्वाचन हुने नहुने टुङ्गो भने छैन। संसद् विघटनको विषयलाई लिएर सर्वोच्च अदालतमा परेका मुद्दा विचाराधीन छ। मुद्दाको किनारा लाग्ने लामो समय लाग्ने संकेत देखिन थालेका छ तर,निर्वाचन आयोग भने चुनाबी तयारीमा जुटिसकेको छ।
हिजै मात्र गृहमन्त्री रामबहादुर थापाले तीनवटै सुरक्षा निकायका प्रमुखलाई बोलाएर निर्वाचनमा जुट्न निर्देशन दिएका छन्। त्यस्तै बैठकमा गृह मन्त्रालय तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागको तर्फबाट हाल मौजुदा श्रोत साधन तथा निर्वाचन प्रयोजनमा आवश्यक पर्ने थप श्रोत साधन व्यवस्थापन सम्बन्धमा प्रारम्भिक खाका प्रस्तुत गरिएको छ। नेपाल प्रहरीले त एक लाख म्यादी प्रहरी चुनाबका लागी भर्ना गर्नु पर्ने आंकडा निकालेको छ।
अन्तिम मतदाता नामावली तयार गर्न आगामी माघ १५ देखि २१ गतेसम्म सबै स्थानीय तहको केन्द्रमा मतदाता नामावली अद्यावधिक गर्ने गरि कार्यतालिका निर्वाचन आयोगले सार्वजनिक गरेको छ।
निर्वाचन आयोगले विभिन्न प्रदेशमा काम गर्ने कम्युटर अपरेटरलाई समेत तालिम दिइसकेको छ। केही प्रदेशमा तालिम भइरहेको छ। त्यस्तै, मतदानास्थल र मतदान केन्द्र पुनरावोलन काम सुरु गर्ने निर्देशन दिइसकेको छ। पुस २३ गतेदेखि जिल्लास्तरमा मतदान केन्द्र र मतदान स्थलको पुनरावलोकन हुँदैछ। प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा मतदानस्थल र मतदान केन्द्र सिफारिस समिति बनाइएको छ। समितिले जिल्लाका सुरक्षा निकाय तथा अन्य सम्वन्धित निकायलाई बैठक डाकेर मतदानस्थल र केन्द्रको निरीक्षण गरी निर्वाचन आयोगलाई जानकारी गराउँछ।
"निर्वाचन आयोग निर्वाचनको तयारीमा जुटिसकेको छ। अहिले मतदानस्थल र केन्द्रको पुनरावलोकन गर्न पत्रचार भइसकेको छ," निर्वाचन आयोजका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले भने।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij