Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

सुनसरीमा करेन्ट लागेर एक जनाको मृत्यु

सुनसरीमा करेन्ट लागेर एक जनाको मृत्यु


  • 2.7K
    Shares

    सुनसरीमा करेन्ट लागेर एक जनाको मृत्यु
    images

    सुनसरी । सुनसरीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

    धरान उपमहानगरपालिका १५ कृष्णापथ पुष्पाञ्जली मार्गमा करेन्ट लागेर ३५ वर्षीय मौसम प्रधानको मृत्यु भएको प्रहरीले जनाएको छ।

    आइतबार बेलुका ६ बजे पदम बहादुर गुरुङको घरमा ट्रस लगाउने क्रममा अचानक करेण्ट लागि छतबाट भुइँमा लडी घाइते भएका उनको उपचारको लागि धरानको घोपा अस्पताल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ।

    घटनाको जानकारी पाएलगतै घटनास्थल पुगेको वडा प्रहरी कार्यालय धरानले थप अनुसन्धान गरिरहेको जनाएको छ।

    प्रकाशित मिति :फाल्गुण २३ २०७८ सोमवार - १२:१४:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij