२०८२ मंसिर ६ गते शनिवार
काठमाडौँ । साउदी अरेबियाको नागरिक उड्डयन कार्यालय जेनरल अथोरिटी अफ सिभिल एभिएसन्स् रियादले त्यहाँका तीनवटा शहर जेद्दा, दमाम र रियादमा दुईतर्फी उडानको अनुमति दिएको निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले बताए।
निगमका कार्यकारी अध्यक्ष सहितका कर्मचारी साउदी अरेबिया पुगेर उडान अनुमतिको प्रक्रियाको थालनी गरेका थिए। निगमले चैतदेखि पहिलो चरणमा काठमाडौं–रियाद–काठमाडौं सातामा तीन दिन उडान गर्ने भएको छ।
यसअघि साउदीमा हिमालय एअरलायन्सले दमाम र रियादमा नियमित उडान गर्दै आएको छ। साउदी अरबले यसअघि निगमलाई सन् २००२ र सन् २०२० मा पनि उडान अनुमति दिएको थियो, तर जहाज अभाव र कमजोर व्यवस्थापनका कारण निगम साउदी जान सकिरहेको थिएन।
निगम साउदी नगएकै कारण गल्फ एअरले नेपाली कामदारलाई बहराइन हुँदै साउदी अरेबिया ल्याउने/लैजाने गरिरहेको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij