२०८२ भाद्र २ गते सोमवार
काठमाडौँ । युएईले भारी संख्यामा नेपाली कामदारको माग गरेको छ । यूएई सहरमा रहेको saned facility management l.l.c. कम्पनीले १२५ जना पुरुष र ५५ जना महिला गरी जम्मा १८० जना नेपाली कामदारको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।
कामदारले मासिक तलब खान बस्न सहित ५२ हजार बढि पाउनेछ । इच्छुक कामदारले फ्युचर स्टार म्यानपावर प्रालिको कार्यालय सामाखुसी काठमाडौंमा फागुन ३० गते अन्तरवार्ता दिनु पर्ने छ ।
स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा र भिसा स्ट्याम्पीङ शुल्क कामदार आफैले बेहोर्नु पर्ने छ । यस्तै हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij