२०८२ भाद्र ५ गते बिहिवार
काठमाडौँ । आन्तरिक माथापच्ची पछि विभाजित नेकपाका दुवै समूह यतिबेला देश दौहाडामा व्यस्त छन् । दुवै समूह संगठन विस्तारमा र कार्यकर्ता तानातानमा लागेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस पाँच गते प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ दल नेकपा दुई समूहमा विभाजित बनेको छ ।
एउटा समूहको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्व प्रचण्ड–माधव नेपाल समूहले गरेको छ । नेकपा विभाजन भएसँगै दुबै गुटका नेता जिल्ला दौडाहामा पुगेका छन् ।
ओली समूहले सरकारका मन्त्रीहरु नै जिल्लामा खटाएको छ। पार्टी विभाजिनपछि रक्षात्मक बनेको ओली समूह पछिल्लो दिनमा आक्रामक बन्दै गएको छ। ओली समूहले आफ्नो अधिकांश मन्त्रीलाई प्रदेशस्तरीय भेलामा खटाएको छ ।
‘संसद विघटन हुने वित्तिकै प्रधानमन्त्रीले गलत गर्नु भयो कि भन्ने कतिपयलाई लागेको थियो,’जनवर्गीय संगठन इन्चार्ज तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले भने, ‘तर अहिले धेरै बुझिसक्नु भएको छ । प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेर देशलाई निकास दिनु भएको हो भन्ने विषय जनताले बुझेको मैले पाएँ ।’
ओली समूह तोकिएकै समयमा निर्वाचन हुने विश्लेषणसहित चुनावी प्रचारमा व्यस्त रहेका बेला प्रचण्ड–माधव नेपाल समूहका नेताहरुले भने संसद पुर्नस्थापनाको माग गर्दैै प्रदेश दौडाहामा निस्किएका छन् ।
उनले जनता चुनाव हुनेमा ढुक्क भएपनि वैशाखमा चुनाव हुन समय कम हुन्छ कि भन्ने चिन्ता रहेको आफूले पाएको उनले जनाए। रायमाझी जिल्लाको कार्यक्रम सकाएर अहिले राजधानी फर्किँदै छन् ।
उता उपप्रधानन्त्री ईश्वर पोखरेल, शहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएका प्रभु साह, पूर्व मन्त्री रघुवीर महासेठलगायतका नेता दुई नम्बर प्रदेश कार्यक्रममा सहभागी भइरहेका छन्।
केही दिन अगाडि प्रधानमन्त्री ओली सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजिक कार्यक्रमलाई सम्वोधन गरेका थिए। अहिले पनि उद्योगमन्त्री लेखराज भट्ट, वन मन्त्री प्रेम आले, गणेश संघीय मामिला मन्त्री ठगुन्नालगायतका मन्त्री सुदूरपश्चिम प्रदेशमा नै कार्यकर्ता प्रशिक्षण तथा भेलामा सहभागी भइरहेका छन् । ऊर्जामन्त्री टोपबहादुर रायमाझी र कृषिमन्त्री पद्मा अर्याल लुम्बिनी प्रदेशमै सक्रिय छन् ।
ओली समूह तोकिएकै समयमा निर्वाचन हुने विश्लेषणसहित चुनावी प्रचारमा व्यस्त रहेका बेला प्रचण्ड–माधव नेपाल समूहका नेताहरुले भने संसद पुर्नस्थापनाको माग गर्दैै प्रदेश दौडाहामा निस्किएका छन् ।
सो समूहका स्थायी कमिटी सदस्यहरु सबै आ आफ्नो क्षेत्रमा सक्रिय रहेको स्थायी कमिटी सदस्य गणेश शाहले जानकारी दिए। उनका अनुसार प्रदेश नम्बर एकमा भीम आचार्य सक्रिय छन् । यस्तै प्रदेश नम्बर दुईमा यतिबेला मातृका यादव र गिरिराजमणि पोखरेल प्रदेश नम्बर २ मै सक्रिय छन् ।
अध्यक्ष माधवकुमार नेपाल दुई नम्बर प्रदेश पुगेर केही दिन अगाडिमात्र काठमाडौं फर्केका छन्। आजै मात्र प्रचण्ड माधव पोखरा पुगेका छन् । यस्तै गण्डकी प्रदेशमा देवेन्द्र पौडेल सक्रिय छन् । लुम्बिनी प्रदेशमा युवराज ज्ञवाली सक्रिय छन् भने कर्णाली प्रदेशमा जनार्दन शर्मा सक्रिय छन्। यस्तै भीम रावल सुदूरपश्चिममा सक्रिय छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij