२०८२ मंसिर ६ गते शनिवार
काठमाडौँ । पछिल्लो समय कोरोनाको संक्रमण दर घट्दै गएको छ । पछिल्लो २४ घण्टामा जम्मा ६८ जनामा मात्रै संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ९२९ नमूना परीक्षणमध्ये ५४ पीसीआर र १४ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा २ संक्रमितको मृत्यु भएको छ । हालसम्मको मृत्यु संख्या ११ हजार ९४७ छ ।
मन्त्रालयका अनुसार थप ५३८ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर ६ हजार ४६१ सक्रिय संक्रमित छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij