Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

१५ वर्ष बढी सेवा गरेका शिक्षक तथा कर्मचारीलाई ७ लाख राहत दिने सरकारले गर्यो यस्तो निर्णय

१५ वर्ष बढी सेवा गरेका शिक्षक तथा कर्मचारीलाई ७ लाख राहत दिने सरकारले गर्यो यस्तो निर्णय


  • 34.8K
    Shares

    १५ वर्ष बढी सेवा गरेका शिक्षक तथा कर्मचारीलाई ७ लाख राहत दिने सरकारले गर्यो यस्तो निर्णय
    images

    सरकारले सेवा अवधिका आधारमा ३ वर्षदेखि १५ वर्ष वा सोभन्दा बढी समय सेवा गरेका २८४ जना अस्थायी शिक्षक र कर्मचारीलाई एक लाखदेखि सात लाख रूपैयाँसम्म दिने सरकारले निर्णय गरेको छ ।

    राजनीतिक पूर्वाग्रह, द्वन्द्व तथा आन्दोलनको कारण सेवाबाट हटाइएका शिक्षक र कर्मचारीलाई सोमबार (१६ फागुन) बसेको मन्त्रिपरिषद् बैठकले सो रकम दिने निर्णय गरेको हो ।

    अस्थायी शिक्षक र कर्मचारीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई यस विषयमा ध्यानाकर्षण गराउँदै आएका थिए । मन्त्री पौडेलले उनीहरूकाे माग मन्त्रिपरिषदमा लगेका थिए । मन्त्री पाैडेलकाे साे प्रस्ताव मन्त्रिपरिषद्ले पारित गरेको हो ।

    –३ वर्षभन्दा कम सेवा अवधिका शिक्षकलाई : एक लाख, एक लाख २५ हजार र एक लाख ५० हजार । 

    –३ वर्षदेखि ५ वर्ष भन्दा कम सेवा अवधि :  १ लाख ७५ हजार, २ लाख र २ लाख ५० हजार ।

    –५ वर्षदेखि १० वर्षभन्दा कम सेवा अवधि : २ लाख ५० हजार, २ लाख ७५ हजार र ३ लाख ।

    –१० वर्षदेखि १५ वर्षभन्दा कम  सेवा अवधि : ३ लाख ५० हजार, ४ लाख र ४ लाख ५० हजार । 

    –१५ वर्ष र सो भन्दा सेवा अवधि : बढी ५ लाख, ६ लाख र ७ लाख  ।

     

    प्रकाशित मिति :फाल्गुण २२ २०७८ आइतवार - १६:४६:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij