Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

ओखलढुंगामा जीप दुर्घटना: एक जनाको मृत्यु, ७ घाइते

ओखलढुंगामा जीप दुर्घटना: एक जनाको मृत्यु, ७ घाइते


  • 3.6K
    Shares

    ओखलढुंगामा जीप दुर्घटना:  एक जनाको मृत्यु,  ७ घाइते
    images

    ओखलढुंगा । ओखलढुंगामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

    आइतबार सिद्धिचरण नगरपालिका–५ सिस्नेखोलामा जीप दुर्घटना हुँदा ओखलढुंगाको चिसङखुगढी गाउँपालिका–३ की ३८ वर्षीया कुमारी श्रेष्ठको मृत्यु भएको हो । गम्भीर घाइते भएकी उनको उपचारका क्रममा सामुदायिक अस्पताल ओखलढुंगामा मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य ७ जना घाइते भएका छन् ।

    घाइतेमध्ये चालक र अर्का एक जनालाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ । अन्य घाइतेको सामुदायिक अस्पतालमा उपचार भइरहेको छ ।

    माम्खाबाट ओखलढुंगातर्फ जाँदै गरेको प्रदेश १–०२ ०–०१ ज ३८७५ नम्बरको जीप अनियन्त्रित भई दुर्घटना भएको हो ।

    प्रकाशित मिति :फाल्गुण २२ २०७८ आइतवार - १६:४५:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij