Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

पति विदेशमा, सिटी सफारी चालकसँग प्रेम, अर्कै प्रेमीसँग बोल्दा हत्या !

पति विदेशमा, सिटी सफारी चालकसँग प्रेम, अर्कै प्रेमीसँग बोल्दा हत्या !


  • 3.6K
    Shares

    पति विदेशमा, सिटी सफारी चालकसँग प्रेम, अर्कै प्रेमीसँग बोल्दा हत्या !
    images

    सुनसरी । सुनसरीको धरान उपमहानगरपालिका–१८ मा रहेको न्यु–कान्तिपुर होटल एन्ड लजको १०९ नम्बर कोठामा मृत भेटिएकी महिलाको हत्यामा संलग्न पक्राउ परेका छन् । आइतबार सुनसरी प्रहरीले धनकुटाको पाख्रीबास नगरपालिका–६ का २४ वर्षीय जीवन नाम गरेका विनेश रानालाई सार्वजनिक गरेको हो ।

    पाँचथरको मिक्लाजुङ गाउँपालिका–१ घर भई हाल इटहरी उपमहानगरपालिका–५ मा बस्दै आएकी ३९ वर्षीया सुमित्रा तामाङको शव १७ फागुनमा होटलभित्र मृतावस्थामा फेला परेको थियोे ।

    मङ्गलबार बिहान ७ बजे धरान–१८ बुद्धचौकस्थित सुशील जिमीले सञ्चालन गरेको न्यू–कान्तिपुर होटल एन्ड लजमा उनको शव भेटेपछि प्रहरीले अनुसन्धान थालेको थियो । उनीहरू दुई दिनअघि अर्थात् १५ फागुनमा कोठमा लिई बसेका थिए । तर मङ्गलबार बिहान होटलका कर्मचारीले सुमित्रालाई मृतावस्थामा फेला पारेपछि प्रहरीलाई जानकारी गराएका थिए ।

    प्रहरीले होटल सञ्चालकसँग सोधपुछ गर्दा होटलको इन्ट्री बुकमा उक्त कोठा जीवन मगर धनकुटाको नाममा इन्ट्री देखिएको थियो । तर उनी भने फरार भइसकेका थिए । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको अनुसन्धान टोलीले उक्त कोठामा एउटा लेडिज ब्याग फेला पारेको थियो । जसमा मृतकको नागरिकतामा पाँचथर मिक्लाजुङ गाउँपालिका–१ सरङडाँडाकी सुमित्रा तामाङ नाम रहेको उल्लेख भएपछि प्रहरीले सनाखत गरेको थियो ।

    यता, प्रहरीले फरेन्सिक चिकित्सकसमेतको उपस्थितिमा शव जाँच गरेको थियो । सोक्रममा मृतकको अनुहार, घाँटी, जिउ, हात खुट्टालगायतमा चोटपटक, निलडाम रहेको पाइएको थियो । चोट, निलडामको आधारमा निजको हत्या भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको ।

    त्यसपछि १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगर, सङ्घीय प्रहरी कार्यालय धरान सुनसरी, जिल्ला प्रहरी कार्यालय सुनसरी र इलाका प्रहरी कार्यालय धरान सुनसरीले अनुसन्धान गर्ने क्रममा रानालाई शनिबार (हिजो) बेलुका धनकुटाको पाख्रीबास–११ बाट पक्राउ गरिएको सुनसरी प्रहरी प्रवक्ता डिएसपी नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।

    डिएसपी कार्कीका अनुसार जीवनलाई हिजो साँझ जिल्ला घनकुटा पाख्रीबास–११ स्थित उनकै ससुराली घरबाट पक्राउ गरिएको हो । पक्राउ परेका रानाको सम्बन्धमा ईलाका प्रहरी कार्यालय धरानबाट थप अनुसन्धान भइरहेको कार्कीले बताए ।

    यस्तै, उनले घटनामा अन्य मानिसको संलग्नता भए–नभएको विषयमा अनुसन्धान भइरहेको बताए । ‘ससुराली घरमा रहेको पछाडि भिर्ने झोलाबाट सुमित्राले प्रयोग गर्ने भनिएको मोबाइल सेट पनि फेला पारेका छौँ । उनलाई कर्तव्य ज्यान मुद्दामा आजै सुनसरी जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान कार्य भइरहेको छ ।’

    यसरी भएको थियो घटनाः

    सुमित्राका पति भारतीय सेनाका अवकास प्राप्त कर्मचारी हुन् । अहिले उनी वैदेशिक रोजगारीको सिलसिलामा ब्रुनाईमा सेक्युरिटी गार्डका रूपमा काम गर्दै आइरहेका छन् । सुमित्रा भने छोराछोरीको अध्ययनको लागि इटहरी–५ तुलशाटोलामा कोठा भाडामा लिई बस्दै आएकी थिइन् ।

    यता, सुमित्राकै डेरानजिक भाडा गरी बस्ने जीवन भने सिटी सफारी चालक हुन् । पति वैदेशिक रोजगारीमा रहेको बेला एक वर्ष अगाडिदेखि सुमित्राको जीवनसँग चिनजान भएको थियो । त्यसपछि प्रेम सम्बन्धमा रहेका उनीरू पटकपटक भेटघाट गर्थे ।

    तर जीवन तीन महिनाअघि भोजपुरमा ज्याला मजदुरी गर्न गएका थिए । यसबीचमा सुमित्रा अरू नै सँग नजिक भएकी थिइन् । सुमित्राको आनीबानीमा शङ्का लागेपछि जीवन गत आइतबार भेट्ने सल्लाहअनुरूप धरान आएका थिए ।

    बिहानतिर धरान आइपुगेका उनले सुमित्रालाई लिएर सो होटलमा कोठा लिई बसे । सोमबार बेलुकातिर दुवै जनाले मादक पदार्थ सेवन गरे । रक्सी खानेक्रममा सुमित्राले अन्य पुरुषसँग मोबाइलमा बोलेको भन्ने विषयमा विवाद भएको थियो ।

    विवादकै क्रममा जीवनले लात मुक्काले कुटपिट गरे । विवाद बढ्दै जाँदा राति ११ बजेतिर दुवै हातले सुमित्राको घाँटी थिचेर हत्या गरे । त्यसपछि भने उनले सुमित्रालार्ई खाटमा सुताएर ओढ्ने ओढाएर सुतेको जस्तो बनाए ।

    अनि सुमित्राको ब्यागमा रहेको पाँच हजार नगद र उनको मोबाइल लिएर जीवन होटलको पछाडितर्फ चाबी नलगाएको अवस्थाको चेन गेट खोलेर फरार भएका थिए ।

    प्रकाशित मिति :फाल्गुण २२ २०७८ आइतवार - १६:१९:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij