Logo

२०८२ भाद्र २० गते शुक्रवार

२०८२ भाद्र २० गते शुक्रवार

विदेशीलाई थप १४ दिन इन्डोनेशिया प्रवेश निषेध

विदेशीलाई थप १४ दिन इन्डोनेशिया प्रवेश निषेध


  • 9.7K
    Shares

    विदेशीलाई थप १४ दिन इन्डोनेशिया प्रवेश निषेध
    images

    जकार्ता । विदेशी नागरिकलाई इन्डोशिया प्रवेशका लागि सोमबारदेखि थप १४ दिन निषेध गरिएको छ । कोरोनाभाइरसको महामारी थप फैलिने डरले विदेशी नागरिकलाई स्वदेश प्रवेशका लागि थप दुई हप्ता प्रतिवन्ध लगाउने निर्णय भएको अधिकारीहरुले जनाएका छन् ।

    यसअघि लामो समयदेखि लगाइँदै आएको प्रतिबन्धलाई थप २ हप्ता निरन्तरता दिने निर्णय भएको मन्त्री एयरलाङ्गा हार्तार्तोले जानकारी दिए । सरकारले प्रतिबन्धात्मक व्यवस्थाहरुलाई अहिले थप कडाइका साथ लागू गर्न लागेको पनि उनले बताए ।

    राष्ट्रपति जोको विडोडोले पनि विदेशी नागरिकलाई इन्डोनेसिया प्रवेशका लागि प्रतिबन्ध लगाउने समय बढाउने निर्णयप्रति समर्थन जनाएका छन् । सरकारको यो निर्णयसँगै यही जनवरी २८ तारिखसम्म विदेशी नागरिकले इन्डोनेसिया प्रवेश नपाउने भएका छन् ।

    इन्डोनेसियाली सरकारले यसअघि पनि यही जनवरी १ देखि १४ सम्म विदेशी नागरिकलाई प्रवेश निषेध गर्ने निर्णयलाई निरन्तरता दिएको थियो । विदेशी सरकारी उच्च अधिकारी तथा अति महत्वपूर्ण व्यक्तिहरुलाई पनि आधारभूत मापदण्ड पूरा गरेर  सरकारको स्वीकृतिमा भ्रमणको व्यवस्था भने गर्न सकिने सरकारी अधिकारीहरुले बताएका छन् । 

    प्रकाशित मिति :पौष २८ २०७७ मंगलवार - १३:५७:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij