Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

तनहुँ आगलागी अपडेट: पोखरा र लमजुङबाट ५ वटा दमकल ल्याएर तनहुँको आगो निभाइयो

तनहुँ आगलागी अपडेट: पोखरा र लमजुङबाट ५ वटा दमकल ल्याएर तनहुँको आगो निभाइयो


  • 3.6K
    Shares

    तनहुँ आगलागी अपडेट: पोखरा र लमजुङबाट ५ वटा दमकल ल्याएर तनहुँको आगो निभाइयो
    images

    काठमाडौँ । तनहुँ सदरमुकाम दमौली बजारमा लागेको आगो साढे ३ घण्टापछि नियन्त्रणमा आएको छ। आगो निभाउन काठमाडौंबाट लगिएको हेलिकप्टरले आकाशबाट पानी खन्याएको थियो।

    तनहुँका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालका अनुसार दमौली बजारको भोर्लेटार चोकस्थित भुपाल हार्डवेयर र ज्योति हार्डवेयरमा लागेको आगो निभाउन पोखरबाट चारवटा र लमजुङबाट एउटा दमकल ल्याइएको थियो। 

    स्थानीय सेना, प्रहरी र वारुण यन्त्रले पनि निभाउन नसकिएपछि काठमाडौंबाट सिम्रिक एयरको हेलिकप्टर र दुई छिमेकी जिल्लाबाट दमकल ल्याइएको थियो।

    आगलागीबाट भएको क्षतिको विवरण आइसकेको छैन। आगो निभाउन स्थानीय बजारका ट्यांकर पनि प्रयोग गरिएको थियो। क्षतिको विस्तृत विवरण संकलन भइरहेको अर्यालले बताएका छन्।

    प्रकाशित मिति :फाल्गुण २२ २०७८ आइतवार - १४:१५:५७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij