Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

प्रचण्ड र माधव मौसमका कारण रोकिए पछि बालुवाटारमा ओलीको मुख किन भयो हँसिलो ?

प्रचण्ड र माधव मौसमका कारण रोकिए पछि बालुवाटारमा ओलीको मुख किन भयो हँसिलो ?


  • 7.9K
    Shares

    प्रचण्ड र माधव मौसमका कारण रोकिए पछि बालुवाटारमा ओलीको मुख किन भयो हँसिलो ?

    काठमाडौँ । विभाजित नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ लगायतका नेताहरुले आज  ११ बजे पोखरामा सम्बोधन गर्ने कार्यक्रम थियो। तर मौसममा आएको खराबीका कारण राजधानी बाट नेताहरु पोखरा पुग्न नसक्दा ११ बजे हुने भनिएको कार्यक्रम अहिले साढे १ बजे सम्म पनि सुरु हुन सकेको छैन।

     नेताहरु निर्धारित समयमा पोखरा पुग्न नसकेको खबर पाएका प्रधानमन्त्री ओलीले ठिक्क परेछ मौसमले पनि देखाई दिएछ भन्दै धारे हात लगाएको बालुवाटार बाट निस्किएका ओली खेमाका एक नेताले खबर सेन्टरलाई बताए।

    अध्यक्षद्वय लगायत केन्द्रीय नेताहरु ७:३० बजेको विमानमा पोखरा आउने र ८ बजे पत्रकार सम्मेलन गर्नेगरी कार्यक्रम तय गरिएको थियो।

    कार्यक्रम स्थलमा रहेका एक नेताले  भने, ‘उहाँहरु ८ बजे पोखरा आइपुग्ने, त्यसलगत्तै पत्रकार सम्मेलन गर्ने र ११ बजेबाट कार्यकर्ता भेला अगाडि बढाउने कार्यक्रम तय भएको थियो। खराब मौसमका कारण विमान नउड्दा उहाँहरु १ बजेसम्म पनि आइपुग्नु भएको छैन।’

    उनले मौसम सुधार आएका कारण भर्खरै काठमाडौँबाट उडान भएको खबर आएको जानकारी दिए। प्रचण्ड-नेपाल समूहले पोखराको एसआर पार्टी प्यालेसमा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रम राखेको छ।

    प्रकाशित मिति :पौष २८ २०७७ मंगलवार - १३:४६:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij