२०८२ भाद्र २ गते सोमवार
शून्य लागतमा जोर्डनले भारी सङ्ख्यामा नेपाली कामदारको माग गरेको छ । जोर्डन सहरमा रहेको विभिन्न कम्पनीले विभिन्न पदका लागि ७० जना पुरुष र १३० जना महिला गरी जम्मा २०० जना नेपाली कामदारको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।
कामदारले खान बस्नेतसहित तलब ३७ हजार बढि पाउनेछ । इच्छुक कामदारले माउन्टेन ग्रुप इनटरनेशनल प्रालिको बसुन्धारा काठमाडौंमा फागुन २९ गते अन्तरवार्ता दिनु पर्ने छ ।
साथै कामदारले भाषा तथा घरायसी काम सम्बन्धी एक महिने तालिम अनिवार्य लिनु पर्ने छ । तालिमा खाने बस्नेको व्यवस्था सँगै तालिम निशुल्क हुने छ ।
स्वदेशमा हुने मेडिकलको खर्च कामदार आफैले बेहोर्नु पर्ने छ । स्वदेशमा हुने जीवन बिमा, भिसा स्ट्याम्पीङ शुल्क, हवाई टिकट, भिसा शुल्क, विदेशमा हुने बिमा शुल्क, विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij