Logo

२०८२ भाद्र ५ गते बिहिवार

२०८२ भाद्र ५ गते बिहिवार

संघीय शिक्षा ऐन ल्याउन प्रधानमन्त्री सकारात्मक, कहिलेसम्म आउला त संघीय शिक्षा ऐन?

संघीय शिक्षा ऐन ल्याउन प्रधानमन्त्री सकारात्मक, कहिलेसम्म आउला त संघीय शिक्षा ऐन?


  • 7.4K
    Shares

    संघीय शिक्षा ऐन ल्याउन प्रधानमन्त्री सकारात्मक, कहिलेसम्म आउला त संघीय शिक्षा ऐन?
    images

    प्रधानमन्त्री शेरबहादुर देउवा संघीय शिक्षा ऐन, उच्च शिक्षा ऐन लगायतका ऐनहरू ल्याउन सकारात्मक देखिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बिहीबार प्रधानमन्त्री देउवासँग भेटगरी ऐनका विषयमा ध्यानाकर्षण गराउँदा देउवा सकारात्मक भएका हुन् ।

    ‘प्रधानमन्त्री देउवा शिक्षा ऐन ल्याउने विषयमा सकारात्मक देखिनुभएको छ,’ प्रधानमन्त्रीलाई उद्धृत गर्दै शिक्षामन्त्रीको सचिवालयले भन्यो, ‘यद्यपि ऐन सदनबाट ल्याउने कि अध्यादेशबाट ल्याउने भन्ने विषय थप छलफलपछि मात्र निचोडमा पुग्ने उहाँको भनाइ थियो ।’ नेपालमा अहिलेसम्म पनि २०२८ सालमा बनेको शिक्षा ऐन कार्यान्वयनमा छ ।

    शिक्षामन्त्री पौडेललले प्रधानमन्त्री देउवासँग शिक्षा क्षेत्रको बजेट बढाउने विषयमा पनि छलफल गरे । छलफलमा आगामी आर्थिक वर्षमा संविधानले तोके बमोजिम शिक्षामा २० प्रतिशत बजेट पुर्‍याउने मन्त्री पौडेलले आग्रह गरेको उनको सचिवालयले जनाएको छ ।

    ‘गतवर्ष कोभिड को कारणले बजेटको आकार पनि सानो भयो,’ शिक्षा मन्त्री पौडेलले भने, ‘यस वर्ष कोभिड महामारी कम छ, संविधानबमोजिम शिक्षामा बजेट बढाएर २० प्रतिशत बनाउनुपर्छ ।’

    शिक्षा क्षेत्रमा चालू आर्थिक वर्षमा ११ प्रतिशत मात्र बजेट विनियोजन भएको थियो । संविधानमा शिक्षा क्षेत्रको बजेट देशको कुल बजेटको २० प्रतिशत हुनुपर्ने उल्लेख गरिएको छ ।

     
     

    प्रकाशित मिति :फाल्गुण २२ २०७८ आइतवार - १२:०९:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij