Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

कोभिड कारण लगाइएका सबै प्रतिबन्ध हटाइयो काठमाडौं उपत्यकामा

कोभिड कारण लगाइएका सबै प्रतिबन्ध हटाइयो काठमाडौं उपत्यकामा


  • 3.0K
    Shares

    कोभिड कारण लगाइएका सबै प्रतिबन्ध हटाइयो काठमाडौं उपत्यकामा
    images

    काठमाडौं । कोभिड-१९ संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा लगाइएका सबै प्रतिबन्धात्मक व्यवस्था हटाइएको छ । 

    उपत्यकाको तीनै जिल्लाका (काठमाडौं, ललितपुर र भक्तपुर) जिल्ला प्रशासन कार्यालयले शुक्रबार एक आदेश जारी गरी यसअघि लागू भएका सबै प्रतिबन्धात्मक व्यवस्था पूर्ण रूपमा हटाइएको जानकारी गराएको हुन् ।

    पछिल्लो समयमा कोरोना संक्रमण घट्दै गएकाले यही २१ गते शनिबारदेखि लागू हुनेगरी कानून बमोजिमका राजनीतिक, आर्थिक, सामाजिक, शैक्षिक तथा व्यावसायिक क्रियाकलाप सञ्चालन गर्न गराउन पाइने उक्त आदेशमा उल्लेख छ । आदेशमा यसरी गतिविधि सञ्चालन गर्दा प्रचलित स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्न आग्रह गरिएको छ ।

    ती प्रशासन कार्यालयले कोभिड–१९ संक्रमण, रोकथाम, नियन्त्रण, निदान र उपचार प्रभावकारी बनाउन नेपाल सरकार मन्त्रिपरिषदबाट भएका निर्णय, कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्रको सिफारिस, कोभिड–१९ संक्रमण जोखिम  नियन्त्रणका लागि स्मार्ट लकडाउनसम्बन्धी कार्यविधि २०७८, संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ समेतले दिएको अधिकार प्रयोग गरी विभिन्न आदेश जारी गरेको थियो ।

    तीनै जिल्लाका प्रशासन कार्यालयले संक्रमणको कठिन समयमा आदेशको पालना गरी संक्रमण रोकथाममा सहयोग गरेकामा सबैलाई धन्यवाद पनि दिएक छन् । 

    प्रकाशित मिति :फाल्गुण २१ २०७८ शनिवार - ०९:२७:४८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij