Logo

२०८२ मंसिर ६ गते शनिवार

Logo

२०८२ मंसिर ६ गते शनिवार

Logo
गृहपृष्ठ
समाचार
राजनीति
विचार
मनाेरञ्जन
  • बैङ्क वित्त
    • बैङ्क
      बिमा
      सहकारी
  • खेलकुद
    भिडियो सेन्टर
  • अन्य
    • अन्तर्वार्ता
      पत्रपत्रिका
      बैदेशिक रोजगार
      बजार
      स्वास्थ्य
      शिक्षा
      साहित्य
      अन्तर्राष्ट्रिय
      सूचना प्रविधि
      यस धर्तीमा
      धर्म संस्कृती
      राशिफल
  • युनिकोड
    २०८२, मंसिर ६ गते
    • होमपेज
    • समाचार
    • राजनीति
    • विचार
    • मनाेरञ्जन
    • बैङ्क वित्त
    • बैङ्क बिमा सहकारी
    • खेलकुद
    • भिडियो सेन्टर
    • अन्य
    • अन्तर्वार्ता पत्रपत्रिका बैदेशिक रोजगार बजार स्वास्थ्य शिक्षा साहित्य अन्तर्राष्ट्रिय सूचना प्रविधि यस धर्तीमा धर्म संस्कृती राशिफल

    सर्च गर्नुहोस्

    काठमाडौंको नयाँ बजारमा रहेको एक फार्मेसी लुट्न प्रहरी नै संलग्न, ८ जना पक्राउ

    काठमाडौंको नयाँ बजारमा रहेको एक फार्मेसी लुट्न प्रहरी नै संलग्न, ८ जना पक्राउ


    खबरसेन्टर डेस्क
    फाल्गुण २०, २०७८ शुक्रवार
  • 3.1K
    Shares

    काठमाडौंको नयाँ बजारमा रहेको  एक फार्मेसी लुट्न प्रहरी नै संलग्न, ८ जना पक्राउ
    images

    काठमाडौं । काठमाडौंमा प्रहरीकै संलग्नतामा एक फार्मेसी लुटिएको छ । काठमाडौंको नयाँ बजारमा रहेको समृद्ध फार्मेसीमा लुटपाटमा संलग्न ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

    प्रहरीले दिएको जानकारी अनुसार यही फागुन १२ गते साँझ साढे ७ बजेतिर हामी प्रहरी हौँ, अनुगमनका लागि आएको भन्दै यो समूह फार्मेसीमा छिरेको थियो । उक्त समूहले फार्मेसीका सञ्चालक राजेन्द्र साँकीलाई नियन्त्रणमा लिई काउन्टरमा रहेको नगदसहित अन्य जिन्सी सामान लुटेको थियो । 

    यो समूहले सञ्चालकलाई बैंकमा खाताबाट समेत आफ्नो ई–सेवामा रकम पठाउन लगाएको प्रहरीको भनाइ छ । सञ्चालकलाई धम्क्याएर ग्लोबल आइएमई बैंकको खाताबाट १०,०००, कुमारी बैंकको खाताबाट १७०० ई–सेवामा पठाउन लगाएको थियो । जम्मा गरी ६५,००० नगद लुटेको प्रहरीले जानकारी दिएका छन् । 

    यसका साथै सञ्चालकको घडी र मोबाइलसमेत लुटिएको थियो । प्रहरीले घटनामा संलग्न प्रहरी जवान सुवास रतोकीसहित ८ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कन्चनपुर सुक्लाफाँटा घर भएका रतोकी सर्वोच्च अदालत सुरक्षा समन्वय इकाईमा कार्यरत थिए ।

    अन्य पक्राउ पर्ने अभियुक्तहरुमा जुम्लाका २६ वर्षीय देवी प्रसाद धिताल(२६), धादिङका शंकर रेग्मी(३०), डडेल्धुराका हिक्मत महता(२८) रहेका छन् । त्यसैगरी  कञ्चनपुर मिलन बोहरा(३४), पाँचथरका भविन्द्र बेगा(३२), दैलेखका योगेन्द्र बहादुर चन्द(२७), प्युठानका कमल सुनार(२१) लाई पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जानकारी दिएको छ । 

    उनीहरुको साथबाट ११ थान मोबाइल, घडी, एटीएम कार्ड, चेक लगायतका सामग्री प्रहरीले बरामद गरेको छ । 

     
     
     
     
     

    प्रकाशित मिति :फाल्गुण २० २०७८ शुक्रवार - १६:०१:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    लेखकबाट थप

    images
    images
    ताजा अपडेट
    • चिसोले जम्यो म्याग्दीको पञ्चकुण्ड ताल
      चिसोले जम्यो म्याग्दीको पञ्चकुण्ड ताल
    • आज अमेरिकी डलरको मूल्य हालसम्मकै सबैभन्दा महँगो
      आज अमेरिकी डलरको मूल्य हालसम्मकै सबैभन्दा महँगो
    • आज शनिवार २०८२ मंसिर ६ गतेको राशिफल
      आज शनिवार २०८२ मंसिर ६ गतेको राशिफल
    • गोरखाका दीपक श्रेष्ठ लुम्बिनी विकास कोषको सदस्य सचिवमा नियुक्त
      गोरखाका दीपक श्रेष्ठ लुम्बिनी विकास कोषको सदस्य सचिवमा नियुक्त
    • भारतीय वायुसेनाको विमान दुबईमा खस्यो
      भारतीय वायुसेनाको विमान दुबईमा खस्यो
    images
    सम्बन्धित समाचार
    चिसोले जम्यो म्याग्दीको पञ्चकुण्ड ताल

    चिसोले जम्यो म्याग्दीको पञ्चकुण्ड ताल

    गोरखाका दीपक श्रेष्ठ लुम्बिनी विकास कोषको सदस्य सचिवमा नियुक्त

    गोरखाका दीपक श्रेष्ठ लुम्बिनी विकास कोषको सदस्य सचिवमा नियुक्त

    भोलेन्टियर फोर्सका संयोजक श्रेष्ठको चेतावनी- जेनजीको लोकेसन ट्र्याक गरेका छौँ, घर-घर घेर्छौँ

    भोलेन्टियर फोर्सका संयोजक श्रेष्ठको चेतावनी- जेनजीको लोकेसन ट्र्याक गरेका छौँ, घर-घर घेर्छौँ

    शान्ति प्रक्रियाको १९ वर्षसम्म द्वन्द्वपीडितले न्याय नपाएको भन्दै आयोगद्वारा चासो व्यक्त

    शान्ति प्रक्रियाको १९ वर्षसम्म द्वन्द्वपीडितले न्याय नपाएको भन्दै आयोगद्वारा चासो व्यक्त

    तोकिएकै मितिमा निर्वाचन हुन्छ: मन्त्री घिसिङ

    तोकिएकै मितिमा निर्वाचन हुन्छ: मन्त्री घिसिङ

    Logo

    दर्पण मल्टि मिडिया प्रा.लि.

    नयाँबजार, काठमाडौं
    फोन नं.: ०१–४९८७८५५, ९७०४५९०६०१
    News: khabarcenternepal@gmail.com 

    ADVT: marketing@khabarcenter.com

    सूचना विभाग दर्ता नं.
    १६६२/७६–७७

    प्रेस काउन्सिल सूचीकरण नं.
    ४६१/७६–७७

    प्रबन्ध निर्देशक
    भिमसेन बाबु श्रेष्ठ

    प्रधान सम्पादक
    उत्तम कुमार श्रेष्ठ

    हाम्रो टिम
    • हाम्रो बारेमा
    • अर्काइभ
    • युनिकोड

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij