२०८२ मंसिर ६ गते शनिवार
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर १२६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयले दिएको विवरणअनुसार पीसीआर परीक्षणबाट १११ जना र एन्टिजेन परीक्षणबाट १५ जना संक्रमित थपिएका छन् ।
२४ घण्टामा पीसीआर ७ हजार ९१ र १ हजार ८४२ एन्टिजेन गरी ८ हजार ९३३ कोराना परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यस विवरणमा एसएमएस तथा इमेलबाट आएका एन्टिजेन परीक्षणका रिपोर्ट पनि समावेश गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
३५४ जना कोरोनामुक्त भएका छन्। कोरोनाबाट २४ घण्टामा १ जनाको मृत्यु भएको छ ।
अहिले देशभर सक्रिय संक्रमितको संख्या ७ हजार २४२ रहेको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij