२०८२ मंसिर ६ गते शनिवार
काठमाडौं । औषधी उत्पादक संघको आयोजनामा आठौं 'नेपाल फर्मा एक्स्पो २०२२' आगामी वैशाख ९ देखि ११ सम्म हुने भएको छ। संघले पत्रकार सम्मेलन गर्दै चितवनमा आयोजना गरीएको फर्मा एक्स्पोका बारेमा जानकारी दिएको हो। काठमाडौं बाहिर दोश्रोपटक चितवनमा हुन लागेको करिब १५ हजार अवलोकनकर्ताहरुले भ्रमण गर्ने संघले जनाएको छ। संघका उपाध्यक्ष तथा एक्सपोका मिडिया कोर्डिनेटर सन्तोष बरालले यसअघि फागुनमा तय भएको एक्सपो कोभिड–१९ संक्रमण जोखिमका कारण सारिएको जानकारी दिए।
उनले भने, ‘नेपालमा उत्पादन भइरहेको औषधी उत्पादनको प्रविधी र यसमा अपनाइएका संवेदनशिलताको बारेमा जनमानसमा सचेतना दिने, नेपालको औषधी उत्पादनलाई अन्तराष्ट्रियस्तरसम्म पुर्याउन अझ प्रविधी मैत्री र दक्षता प्रदान गर्न, औषधी प्राविधिक र फर्मासिस्टहरुलाई अन्तर्राष्ट्रियस्तरको नविन प्राविधिक ज्ञान दिने उद्धेश्य एक्स्पोको रहेको छ।’
आयोजकका अनुसार एक्स्पोमा १६० स्टल रहनेछन्। औषधी क्षेत्रमा नयाँ प्रविधिको खोज गरिरहेका विभिन्न १२० वटा बहराष्ट्रिय कम्पनी, र ४० बटा नेपाली औषधी उद्योगहरु समेत एक्स्पोमा भाग लिनेछन्।
नेपाल फर्मा एक्स्पोको आवद्ध संस्थाहरुमा नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, औषधी व्यवस्था विभाग, नेपाल फार्मेसी काउन्सिल, नेपाल औषधी व्यवसायिक संघ, नेपाल औषधी जोक व्यवसायी संघ, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल फर्मास्युटिकल एसोसियसन र नेपाल फार्मेसी संघ रहेका छन्। औषधी उद्योगले नेपालमा वर्षको ६० अर्वको कारोबार गर्दै आएका छन्। यसअघिको ७ औं एक्सपो पनि चितवनमा आयोजना गरीएको थियो।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij