Logo

२०८२ माघ ९ गते शुक्रवार

२०८२ माघ ९ गते शुक्रवार

शिक्षक तथा कर्मचारीलाई राहत दिने मन्त्रिपरिषद्ले गर्यो यस्तो निर्णय, कति अवधिकालाई कति ? 

शिक्षक तथा कर्मचारीलाई राहत दिने मन्त्रिपरिषद्ले गर्यो यस्तो निर्णय, कति अवधिकालाई कति ? 


  • 29.2K
    Shares

    शिक्षक तथा कर्मचारीलाई राहत दिने मन्त्रिपरिषद्ले गर्यो यस्तो निर्णय, कति अवधिकालाई कति ? 

    मन्त्रिपरिषद् बैठकले शिक्षक तथा कर्मचारीलाई निवृत्तिभरणको व्यवस्था गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्ले राजनीतिक पूर्वाग्रह, द्वन्द्व तथा आन्दोलनको कारण सेवाबाट हटाइएका शिक्षक तथा कर्मचारीलाई निवृत्तिभरणको व्यवस्था गर्ने निर्णय गरेको हो ।

    पुनःबहालीका लागि सिफारिस गरिएका २३३ शिक्षकमध्ये हाल उमेरहद पूरा गरेकाको हकमा ६० वर्ष उमेर पुगेको मितिसम्मलाई आधार मानी निजको विस्थापित भएको अवधि ननाघ्ने गरी न्यूनतम निवृत्तिभरणका लागि बढीमा सात वर्ष अवधि जोड्ने सरकारले निर्णय गरेको छ ।

    यसरी अवधि थप गर्दा निवृत्तिभरण नपाउने अवस्था भएमा उपदान दिने प्रयोजनका लागि एकमुष्ट पाँच वर्ष अवधि थप हुने सरकारको भनाइ छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

    कति अवधिकालाई कति? 

    ३ वर्षभन्दा कम सेवा अवधिका शिक्षकलाई : एक लाख, एक लाख २५ हजार र एक लाख ५० हजार, ३ वर्षदेखि ५ वर्ष भन्दा कम सेवा अवधि : १ लाख ७५ हजार, २ लाख र २ लाख ५० हजार, ५ वर्षदेखि १० वर्षभन्दा कम सेवा अवधि : २ लाख ५० हजार, २ लाख ७५ हजार र ३ लाख, १० वर्षदेखि १५ वर्षभन्दा कम  सेवा अवधि : ३ लाख ५० हजार, ४ लाख र ४ लाख ५० हजार, १५ वर्ष र सो भन्दा सेवा अवधि : बढी ५ लाख, ६ लाख र ७ लाख दिने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो ।

    प्रकाशित मिति :फाल्गुण २० २०७८ शुक्रवार - १४:४०:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij