Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

चीनमै फेरी नयाँ प्रकारको कोरोना संक्रमण पाइएको पुष्टि

चीनमै फेरी नयाँ प्रकारको कोरोना संक्रमण पाइएको पुष्टि


  • 3.6K
    Shares

    चीनमै फेरी नयाँ प्रकारको कोरोना संक्रमण पाइएको पुष्टि
    images

    चीन । चीनभित्रै कोरोना भाइरसका नयाँ सङ्क्रमित भेटिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी गराएका छन् ।चीनभित्रै पनि यहाँका नागरिकमा सङ्क्रमणका थप व्यक्ति भेटिएका ती अधिकारीहरुले जनाएका छन् । उनीहरुकाअनुसार बिहीबार मात्र चीनमा कोरोना भाइरसका ६१ जना नयाँ सङ्क्रमित देखिएका हुन् ।

    तीमध्ये अधिकांश स्वदेशमा नै पाइएको ती अधिकारीले जानकारी दिए । त्यस्तै अरु १५ वटा नयाँ घटना बाहिरबाट आएका पनि शनिबार जानकारी दिइएको हो ।चीनको नेशनल हेल्थ कमिसनले शनिबार दिएको जानकारीअनुसार चीनमा शनिबार मात्र ८० जना नयाँ सङ्क्रमित भेटिएका र तीमध्ये ६५ जना चीनभित्रैका नागरिकमा पाइएको हो ।

    यहाँका स्थानीय नागरिकहरुबाटै उनीहरु सङ्क्रमित भएका पाइएको समाचारमा जनाइएको छ । हेबेइ, ग्वांगोग र जिलिनमा ती सङ्क्रमित पाइएका हुन् ।

    पछिल्लो समयमा चीनले कोरोनाको परीक्षणलाई तीव्रता दिएको जनाएको छ ।चीनले कोरोनाबाट निको भएका नागरिकहरुको पुनः स्वास्थ्य जाँच गर्न सुरु गरेको छ । कोरोना पुनः हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै चीनले नागरिकहरुको निरन्तर परीक्षण गरिरहेको बताइएको छ ।

    उत्तरी चीनको हुवे प्रान्तमा पछिल्लो समयमा सङ्क्रमितहरु बढेको पाइएको छ । यसबाट यस क्षेत्रमा पछिल्लो समयमा स्थानीय स्तरमा कोरोना सङ्क्रमण बढेको पाइएको बताइएको छ ।

    प्रकाशित मिति :फाल्गुण २० २०७८ शुक्रवार - १३:४८:२४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij