२०८२ भाद्र ५ गते बिहिवार
काठमाडौँ । प्रज्ञा प्रतिष्ठान डबलीमा संसद विघटनविरूद्ध नागरिक अगुवाहरूले आज बिशाल विरोध सभा गर्ने भएका छन् ।
दिउँसो २ बजे आयोजना हुने ‘नागरिक सभा’मा नागरिक अगुवाहरूले सम्बोधन गर्ने आन्दोलनका संयोजक युग पाठकले बताए ।
उक्त बिरोध सभामा नागरिक अगुवा कृष्ण पहाडी, बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठ, सडक विस्तार विरोधी अभियन्ता विद्या श्रेष्ठ, डा. मुक्तसिंह तामाङ, सिएन थारू र अपांगता समुदायका प्रतिनिधि भोजराज श्रेष्ठलाई वक्ता राखिएको पाठकले बताए ।
संसद विघटनपछि विभिन्न तह-तप्काका अभियन्ताहरूले ५४ सदस्यीय नागरिक आन्दोलन गठन गरेका थिए ।
प्रधानमन्त्री ओलीले राजा ज्ञानेन्द्रकै शैलीमा प्रतिनिधि सभा विघटन गरी ‘प्रतिगमन’तर्फ मुलुकलाई अग्रसर गराएको अगुवाहरूको बुझाइ छ । नागरिक अगुवा सहितका अन्य सामाजिक संगठनले प्रधानमन्त्री बिरुद्द आन्दोलन शुरु गरेका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij