Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

ट्याक्टरको ठक्करबाट एक जना ट्राफिक प्रहरीको मृत्यु

ट्याक्टरको ठक्करबाट एक जना ट्राफिक प्रहरीको मृत्यु


  • 3.7K
    Shares

    ट्याक्टरको ठक्करबाट एक जना ट्राफिक प्रहरीको मृत्यु
    images

    चितवन । ट्याक्टरको ठक्करबाट गएराति एक जना ट्राफिक प्रहरीका सईको मृत्यु भएको छ । भरतपुर महानगरपालिका वडा नं ६ स्थित जयनेपाल चोकमा ना ४ त ८८२९ नम्बरको ट्याक्टरले सइ अर्जुन पौडेल सवार मोटरसाइकललाई ठक्कर दिएको थियो ।

    राति करिब ९ बजेतिर चोक हुँदै बजारतर्फ गइरहेको उक्त ट्याक्टरले ना १६ प ३१५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । उक्त मोटरसाइकलमा सवार सई पौडेलको घटनास्थलमै मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

    पौडेल जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनमा कार्यरत थिए । उनको स्थायी ठेगाना भरतपुर महानगरपालिका वडा नं १४ राधापुर रहेको खुलेको छ ।

    ठक्कर दिने ट्याक्टर र सोका चालकलाई इलाका प्रहरी कार्यालय गितानगरले नियन्त्रणमा लिई अनुसन्धान थालिएको बताइएको छ ।

    प्रकाशित मिति :फाल्गुण २० २०७८ शुक्रवार - ११:००:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij