Logo

२०८२ मंसिर ६ गते शनिवार

२०८२ मंसिर ६ गते शनिवार

आज सर्वोच्च अदालतको संवैधानिक इजलास बस्दै

आज सर्वोच्च अदालतको संवैधानिक इजलास बस्दै


  • 2.7K
    Shares

    आज सर्वोच्च अदालतको संवैधानिक इजलास बस्दै
    images

    काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलास आज शुक्रबार बस्ने भएकोछ ।

    प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणामाथि न्यायिक बिचलनको आरोप लगाउँदै सर्वोच्च अदालतका न्यायाधीशहरुले उहाँले तोकेको पेसी बहिस्कार गरेपछि बस्न नसकेको संवैधानिक इजलास ४ महिनापछि बस्न लागेको हो ।

    सर्वोच्च अदालतका प्रवक्ता बिमल पौडेलका अनुसार आज शुक्रबारदेखि संवैधानिक इजलासमा पेसी तोकिने र सुनुवाइ हुनेछ । दीपककुमार कार्कीले कामु-प्रधानन्यायाधीशको जिम्मेवारी पाएपछि पहिलोपटक संवैधानिक इजलासको नेतृत्व गर्न लाग्नुभएको हो ।

    कामु-प्रधानन्यायाधीश कार्कीले संवैधानिक इजलासमा पेसी तोक्न मुद्दा फाँटमा निर्देशन दिएसँगै संवैधानिक प्रश्नसँग जोडिएका ४ सयभन्दा धेरै मुद्दा सुनुवाइमा जानेछन् । क्यासिनोको रोयल्टी विवाददेखि सभामुख अग्नि सापकोटाको मुद्दासमेत अलपत्र छन् ।

    संघीय र प्रदेश, प्रदेश र प्रदेश तथा प्रदेश र स्थानीय तहबीच अधिकारको विषयमा र संवैधानिक व्याख्याको विषयमा फैसला गर्न संवैधानिक इजलास गठन भएकोथियो ।

    प्रकाशित मिति :फाल्गुण २० २०७८ शुक्रवार - १०:३९:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij