२०८२ मंसिर ६ गते शनिवार
काठमाडौँ । हेल्पिङ्ग हेन्ड्स सेवा समाजले १६० अनाथ बालबालिकालाई राहत सामाग्री वितरण गरेको छ । समाजले प्रजातन्त्र दिवसको अवसर पारेर १६० अनाथ बालबालिका विद्यार्थीे हरूलाई शैक्षिक सामाग्रीहरू वितरण गरेको हो । चितनवको भरतपुर महानगरपालिका (१९ स्थित होटल रोयल सेञ्चुरीमा सम्पन्न कार्यक्रममार्फत समाजले राहत वितरणा गरेको हो ।
‘आफू बाँचौँ र अरुलाई बचाऔँ’ भन्ने मूल नाराका साथ गत शनिवार सम्मपन्न कार्यक्रमलाई शेर्पा सेवा समाज, राई मूलघर सेवा समाज, पोख्रेली सेवा समाज, यूनीटी अफ फेमेली ग्रूफ र ङोलो ङोल्स्यो तमु सेवा समाजले सहयोग गरेका थिए । समाजले नारी संरक्षण नेपाल र सगरमाथा बालगृहका करिब १६० जना अनाथ बालबालिका शैक्षिक सामाग्रीसहित खाद्यान्न, लत्ताकपडा र कापीकलमलगायत वितरण गरेको हो ।
संयुक्त संस्थाका उपाध्यक्ष एवम् हेल्पिङ्ग हेन्ड्स सेवा सामाजका वरिष्ठ सल्लाहकार राजेन्द्र गुरुङ ९राज० को अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतपुर महानगरपालिका १९ का वडाध्यक्ष कर्णबहादुर गुरुङ प्रमुख अतिथिको रूपमा थिए । प्रमुख अतिथि तथा अतिथिहरूले समाजले राम्रो काम गरिरहेको तथा अबका दिनमा पनि यस्तै कार्यले निरन्तरता पाउनुपर्ने भन्दै समाजको कामको प्रशंसा गरे ।
समाजले यसअघि पनि बन्दाबन्दीको समयदेखि विभिन्न ठाउँमा विभिन्न तवर(तरिकाले खाना नपाएका र सास्ती भोगेकाहरूलाई सहयोग गर्दै आएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij