२०८२ माघ ८ गते बिहिवार
काठमाडौँ । फिल्म ‘कबड्डी ४’ को प्रदर्शन मिति सरेको छ । सरकारले स्थानिय तहको निर्वाचन ३० बैशाख तोकेसँगै निर्माण युनिटले फिल्मको प्रदर्शन मिति २३ वैशाखबाट सारेर १३ जेठमा पुर्याएको छ । रामबाबु गुरुङको निर्देशन रहेको फिल्म बाँसुरी फिल्मस् र सुष्मा फिल्मसको ब्यानरमा निर्माण भएको हो ।
फिल्ममा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, बुद्धि तामाङ, विजय बराल, गौमाया यात्री, पुष्कर गुरुङ, कमलमणि नेपाल, कविता आले, जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, शारदा अधिकारी लगायतका कलाकारको मुख्य अभिनय रहेको छ ।
‘कबड्डी’ सिरिजजको अन्तिम फिल्म बताइएको फिल्मको कथा निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले मिलेर तयार गरेका हुन् । फिल्मको केही अगाडि टिजर सार्वजनिक भएको थियो । जसलाई दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलेको छ । फिल्ममा शैलेन्द्र डि.कार्कीको छायाङ्कन र कालीप्रसाद बाँस्कोटा र एसडी योगीको संगीत छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij